सुनचाँदी व्यवसायी भन्छन्- आन्दोलनबाट सरकारलाई घुँडा टेकाएरै छाड्छौँ « Khabarhub

सुनचाँदी व्यवसायी भन्छन्- आन्दोलनबाट सरकारलाई घुँडा टेकाएरै छाड्छौँ


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले सोमबार ललितपुरमा विरोध प्रदर्शन गरेका छन् ।  

सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै उनीहरूले सोमबार ललितपुरको मंगलबजारमा विरोध प्रदर्शन गरेका हुन् ।

त्यसअघि सुनचाँदी व्यवसायीहरू पाटनका विभिन्न स्थानमा प्रदर्शनसहितको र्‍याली निकालेका थिए । बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।

सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने समेत उनीहरूले राखेका छन् ।

सरकारले बजेटमार्फत गरेको व्यवस्था खारेज नभएसम्म आफूहरूका आन्दोलन नरोकिने संघर्ष समितिका संयोजक विपेन्द्र रामुदामुले बताए ।  

उनले आन्दोलनमार्फत सरकारलाई घुँडा टेकाएरै छाड्ने दाबी गरे  । व्यवसायीहरूले सुनमा लगायतको कोटा प्रणाली खारेज गर्न समेत माग गरेका छन् । उनीहरूले मंगलबार भक्तपुरमा विरोध प्रदर्शन गर्ने जनाएका छन् । 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ५ : २५ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान