कैलालीका बस्ती बाढीको जोखिममा : मदन भण्डारी फाउन्डेशनको प्रशासनलाई ज्ञापन पत्र « Khabarhub

कैलालीका बस्ती बाढीको जोखिममा : मदन भण्डारी फाउन्डेशनको प्रशासनलाई ज्ञापन पत्र


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

धनगढी– आगामी दिनहरूमा हुने भारी वर्षाका कारण कैलाली जिल्लाका विभिन्न स्थानहरू बाढीको उच्च जोखिममा रहेको भन्दै मदन भण्डारी फाउन्डेशनले जिल्ला प्रशासन कार्यालय, कैलालीलाई तत्काल तयारी गर्न माग गरेको छ।

फाउन्डेशनले आइतबार जिल्ला प्रमुख अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी, जोशीपुर र कैलारी गाउँपालिकाका बस्तीहरू डुबानको सम्भावित क्षेत्रमा रहेको उल्लेख छ ।

मौसम पूर्वानुमान अनुसार असार १५ देखि लगातार तीन दिनसम्म भारी वर्षा हुने भएकाले मेल खाल, खोल्साखोल्सी डुबानमा पर्ने र बस्ती प्रभावित हुने खतरा बढेको फाउन्डेशनको भनाइ छ।

ज्ञापनपत्रमा भनिएको छ, ‘प्रभावित क्षेत्रका जनतालाई सुरक्षित स्थानमा सार्ने, उद्धार टोली तयारी अवस्थामा राख्ने र राहत सामग्रीको व्यवस्थापन गर्ने काममा प्रशासन गम्भीर हुनुपर्छ।’ 

मदन भण्डारी फाउन्डेशनका जिल्ला अध्यक्ष रामचन्द्र जोशीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा राहत, उद्धार र जोखिम न्यूनीकरणका लागि आवश्यक सबै निकायसँग समन्वय गर्न आग्रह गरिएको छ।

फाउन्डेशनले प्रभावित क्षेत्रका नागरिकहरूलाई समयमै सुरक्षित स्थानमा सार्न र जनधनको क्षति रोक्न तत्काल कदम चाल्न प्रशासनलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ५ : ४९ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान