उपसभापति ‍खड्काले बुझाए सभापतिलाई नीति प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन « Khabarhub

उपसभापति ‍खड्काले बुझाए सभापतिलाई नीति प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले आफूले नेतृत्व गरेको प्रशिक्षण प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन बुझाएका हुन् । 

प्रतिवेदनमा ०७९ असारदेखि ०८२ भसार १५ गतेसम्म प्रतिष्ठानले गरेका कामहरूको प्रगति विवरण उल्लेख गरिएको छ । उक्त प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गर्नुअघि उपसभापति खड्काले बैठकमा प्रस्तुत गरेका थिए । 

सभापति देउवाले ०७९ असार १० गते उपसभापति खड्कालाई प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेका थिए । प्रतिष्ठानको प्रमुख उपसभापतिमध्येबाट हुने व्यवस्था छ । कांग्रेसमा खड्का र धनराज गुरुङ गरी दुई उपसभापति छन् ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३६ मा प्रतिष्ठानको व्यवस्था गरिएको छ । प्रतिष्ठानले नीति निर्माण गर्ने, अनुसन्धान गर्ने र प्रशिक्षण दिने काम गर्दछ । मुलुकको समसामयिक राजनीतिक विषय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पार्टीले लिनुपर्ने नीति तय गर्न पार्टीलाई सहयोग गर्नु प्रतिष्ठानको जिम्मेवारीमा पर्दछ । 

पार्टीले अखि्तयार गरेका नीति तथा कार्यक्रम र मुलुकको समग्र हितका लागि पार्टीले लिनुपर्ने नीतिका विषयमा अध्ययन अनुसन्धान गर्नु प्रतिष्ठानको दायित्व मानिन्छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ५ : ५० बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान