उपसभापति ‍खड्काले बुझाए सभापतिलाई नीति प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन « Khabarhub

उपसभापति ‍खड्काले बुझाए सभापतिलाई नीति प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा उनले आफूले नेतृत्व गरेको प्रशिक्षण प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन बुझाएका हुन् । 

प्रतिवेदनमा ०७९ असारदेखि ०८२ भसार १५ गतेसम्म प्रतिष्ठानले गरेका कामहरूको प्रगति विवरण उल्लेख गरिएको छ । उक्त प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गर्नुअघि उपसभापति खड्काले बैठकमा प्रस्तुत गरेका थिए । 

सभापति देउवाले ०७९ असार १० गते उपसभापति खड्कालाई प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेका थिए । प्रतिष्ठानको प्रमुख उपसभापतिमध्येबाट हुने व्यवस्था छ । कांग्रेसमा खड्का र धनराज गुरुङ गरी दुई उपसभापति छन् ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३६ मा प्रतिष्ठानको व्यवस्था गरिएको छ । प्रतिष्ठानले नीति निर्माण गर्ने, अनुसन्धान गर्ने र प्रशिक्षण दिने काम गर्दछ । मुलुकको समसामयिक राजनीतिक विषय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पार्टीले लिनुपर्ने नीति तय गर्न पार्टीलाई सहयोग गर्नु प्रतिष्ठानको जिम्मेवारीमा पर्दछ । 

पार्टीले अखि्तयार गरेका नीति तथा कार्यक्रम र मुलुकको समग्र हितका लागि पार्टीले लिनुपर्ने नीतिका विषयमा अध्ययन अनुसन्धान गर्नु प्रतिष्ठानको दायित्व मानिन्छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ५ : ५० बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष