नेपाली फिल्मको ६० वर्ष : २० करोड ग्रस कटाउने फिल्म केबल दुइटा, १४ वटाको व्यापार १० करोडमाथि | Khabarhub Khabarhub

नेपाली फिल्मको ६० वर्ष : २० करोड ग्रस कटाउने फिल्म केबल दुइटा, १४ वटाको व्यापार १० करोडमाथि


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म इतिहासको ६० वर्षमा मात्रै १४ फिल्मले १० करोड ग्रस कलेक्सन कटाएको पाइएको छ ।

चलचित्र विकास बोर्डले ६० वर्षयता सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्महरुको सर्टलिस्ट सोमबार सार्वजनिक गरेको हो ।

उक्त सूचीमा १४ फिल्मले मात्रै १० करोड ग्रस कलेक्सन कटाएको पाइएको छ ।

गत वर्ष प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ले उक्त सूचीको सुरुमै छ । यो फिल्मले ४६ करोड ८७ लाख ग्रस कलेक्सन गरेको छ ।

सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘कबड्डी ४’ हो यसले २१ करोड ४० लाख ग्रस कलेक्सन गरेको छ । यी दुई फिल्मले मात्रै २० करोड ग्रस कलेक्सन कटाएका छन् ।

दश करोड ग्रस कटाउने बाँकी १२ फिल्म

१२ गाउँ – १९ करोड ९२ लाख
छक्का पञ्जा ४ – १७ करोड ५३ लाख
जारी – १७ करोड ४८ लाख
छक्का पञ्जा १ – १६ करोड १० लाख
महाजात्रा – १५ करोड ७६ लाख
छक्का पञ्जा ५ – १५ करोड २० लाख
कोहिनुर – १४ करोड ७५ लाख
छक्का पञ्जा २ – १४ करोड ५१
शत्रु गते – १२ करोड ६५ लाख
ऊनको स्वीटर – १० करोड ६२ लाख
कबड्डी २ – १० करोड ३५
बोक्सीको घर – १० करोड १० लाख

तीन डेब्यू निर्देशकलाई व्यवसायिक सफलता

तीन डेब्यू निर्देशकका फिल्ममहरूले १० करोड ग्रस कलेक्सन कटाएको पाइएको छ ।

सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेल हुन् । उनको यो डेब्यू निर्देशन हो ।

‘जारी’बाट उपेन्द्र सुब्बाले निर्देशनमा हात हालेका थिए । यो इतिहासकै सबैभन्दा बढी व्यापार गर्ने पाँचौँ फिल्म बनेको छ ।

प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’बाट नवीन चौहानले निर्देशनको सुरुवात गरे । यो फिल्म अहिले नै १० करोड ३५ लाख ग्रस कटाएको छ । अझै यसको कलेक्सन बढ्न सक्छ ।

अर्थात्, यी तीन निर्देशकले डेब्यू फिल्मले नै व्यवसायिक सफलताको स्वाद चाख्न पाएका छन् ।

जो निर्देशक दोहोरिए

निर्देशक रामबाबु गुरुङका दुई फिल्मले १० करोड पार गरेका छन् । उनका फिल्महरू ‘कबड्डी ४’ र ‘कबड्डी २’ले यो १० ग्रस कलेक्सन कटाएका हुन् ।

निर्देशक प्रदीप भट्टराईका दुई फिल्मले पनि १० करोड ग्रस कटाएका छन् । उनको लेखन र निर्देशन रहेको फिल्म ‘महजात्रा’ र निर्देशन मात्रै रहेको ‘शत्रु गते’ले यो आँकडा पार गरेका हुन् ।

‘छक्का पञ्जा’ सिरिजका ४ फिल्मले १० करोड ग्रस कलेक्सन कटाएका छन् । ‘छक्का पञ्जा ४’, ‘छक्का पञ्जा १’, ‘छक्का पञ्जा ५’ र ‘छक्का पञ्जा २’ उक्त आकडा पार गरेका हुन् । यी चारमध्ये ‘छक्का पञ्जा ४’बाहेक अरू दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ७ : १९ बजे

गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

पोखरा– गण्डकी प्रदेशसभामा सामान्य छलफलपछि संशोधन प्रस्तावसहित ‘औषधिजन्य तथा औद्योगिक

नेपालको निर्वाचनमा सक्दो सहयोग गर्ने चीनकाे प्रतिबद्धता

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन् सङले आम निर्वाचन सफलतापूर्वक

निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

जेनजी आन्दोलनका अमर प्रहरी राय : श्रीमतीलाई भनेका थिए– ‘सटरभित्र सुरक्षित छु, तनाव नलेउ’

काठमाडौं– जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते ।

परम्परागत बाटो मासिँदै जाँदा मानव–हात्ती द्वन्द्व बढ्दै (फोटोफिचर)

काठमाडौं– नेपाल र भारतबीच रहेको खुला सिमाना केवल दुई देशका