नेपाली फिल्मको ६० वर्ष : २० करोड ग्रस कटाउने फिल्म केबल दुइटा, १४ वटाको व्यापार १० करोडमाथि « Khabarhub

नेपाली फिल्मको ६० वर्ष : २० करोड ग्रस कटाउने फिल्म केबल दुइटा, १४ वटाको व्यापार १० करोडमाथि


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म इतिहासको ६० वर्षमा मात्रै १४ फिल्मले १० करोड ग्रस कलेक्सन कटाएको पाइएको छ ।

चलचित्र विकास बोर्डले ६० वर्षयता सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्महरुको सर्टलिस्ट सोमबार सार्वजनिक गरेको हो ।

उक्त सूचीमा १४ फिल्मले मात्रै १० करोड ग्रस कलेक्सन कटाएको पाइएको छ ।

गत वर्ष प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ले उक्त सूचीको सुरुमै छ । यो फिल्मले ४६ करोड ८७ लाख ग्रस कलेक्सन गरेको छ ।

सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘कबड्डी ४’ हो यसले २१ करोड ४० लाख ग्रस कलेक्सन गरेको छ । यी दुई फिल्मले मात्रै २० करोड ग्रस कलेक्सन कटाएका छन् ।

दश करोड ग्रस कटाउने बाँकी १२ फिल्म

१२ गाउँ – १९ करोड ९२ लाख
छक्का पञ्जा ४ – १७ करोड ५३ लाख
जारी – १७ करोड ४८ लाख
छक्का पञ्जा १ – १६ करोड १० लाख
महाजात्रा – १५ करोड ७६ लाख
छक्का पञ्जा ५ – १५ करोड २० लाख
कोहिनुर – १४ करोड ७५ लाख
छक्का पञ्जा २ – १४ करोड ५१
शत्रु गते – १२ करोड ६५ लाख
ऊनको स्वीटर – १० करोड ६२ लाख
कबड्डी २ – १० करोड ३५
बोक्सीको घर – १० करोड १० लाख

तीन डेब्यू निर्देशकलाई व्यवसायिक सफलता

तीन डेब्यू निर्देशकका फिल्ममहरूले १० करोड ग्रस कलेक्सन कटाएको पाइएको छ ।

सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेल हुन् । उनको यो डेब्यू निर्देशन हो ।

‘जारी’बाट उपेन्द्र सुब्बाले निर्देशनमा हात हालेका थिए । यो इतिहासकै सबैभन्दा बढी व्यापार गर्ने पाँचौँ फिल्म बनेको छ ।

प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’बाट नवीन चौहानले निर्देशनको सुरुवात गरे । यो फिल्म अहिले नै १० करोड ३५ लाख ग्रस कटाएको छ । अझै यसको कलेक्सन बढ्न सक्छ ।

अर्थात्, यी तीन निर्देशकले डेब्यू फिल्मले नै व्यवसायिक सफलताको स्वाद चाख्न पाएका छन् ।

जो निर्देशक दोहोरिए

निर्देशक रामबाबु गुरुङका दुई फिल्मले १० करोड पार गरेका छन् । उनका फिल्महरू ‘कबड्डी ४’ र ‘कबड्डी २’ले यो १० ग्रस कलेक्सन कटाएका हुन् ।

निर्देशक प्रदीप भट्टराईका दुई फिल्मले पनि १० करोड ग्रस कटाएका छन् । उनको लेखन र निर्देशन रहेको फिल्म ‘महजात्रा’ र निर्देशन मात्रै रहेको ‘शत्रु गते’ले यो आँकडा पार गरेका हुन् ।

‘छक्का पञ्जा’ सिरिजका ४ फिल्मले १० करोड ग्रस कलेक्सन कटाएका छन् । ‘छक्का पञ्जा ४’, ‘छक्का पञ्जा १’, ‘छक्का पञ्जा ५’ र ‘छक्का पञ्जा २’ उक्त आकडा पार गरेका हुन् । यी चारमध्ये ‘छक्का पञ्जा ४’बाहेक अरू दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ७ : १९ बजे

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन