कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई जना पक्राउ « Khabarhub

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई जना पक्राउ


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले आज एक थान कटुवा पिस्तोल र सोको दुई थान म्याग्जिनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीका २९ वर्षीय सुरेशकुमार राम तथा सोही ठाउँका २६ वर्षीय दिनेशकुमार राम रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, ‘आज दिउँसो काठमाडौँ महानगरपालिका–८ तिलगङ्गामा हतियार लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।’

पक्राउ परेकाहरूले आफ्नो कोठामा लुकाइछिपाइ राखेको अवस्थामा  उक्त पेस्तोल र म्याग्जिन, एक थान डोफेन्गो रेडियो सेट, रेडियो सेटको ब्याट्री १५ थान, खुकुरी एक थान तथा तीन थान मोबाइललगायत सामान नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता बोहराले बताए ।
 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ७ : ५४ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु