कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई जना पक्राउ « Khabarhub

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई जना पक्राउ


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले आज एक थान कटुवा पिस्तोल र सोको दुई थान म्याग्जिनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीका २९ वर्षीय सुरेशकुमार राम तथा सोही ठाउँका २६ वर्षीय दिनेशकुमार राम रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, ‘आज दिउँसो काठमाडौँ महानगरपालिका–८ तिलगङ्गामा हतियार लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।’

पक्राउ परेकाहरूले आफ्नो कोठामा लुकाइछिपाइ राखेको अवस्थामा  उक्त पेस्तोल र म्याग्जिन, एक थान डोफेन्गो रेडियो सेट, रेडियो सेटको ब्याट्री १५ थान, खुकुरी एक थान तथा तीन थान मोबाइललगायत सामान नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता बोहराले बताए ।
 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ७ : ५४ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ