विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री « Khabarhub

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अल्पविकसित देशहरू (एलडिसी)का पक्षमा न्यायपूर्ण र समावेशी वैश्विक वित्तीय संरचना निर्माण गर्न आह्वान गरेका छन्।

प्रधानमन्त्री ओलीले एलडिसी समूहको तर्फबाट सम्बोधन गर्दै भने, “म एलडिसी समूहको तर्फबाट यो ऐतिहासिक सम्मेलनमा बोल्न पाउँदा गर्व महसुस गरिरहेको छु।”

उनले आफ्नो सम्बोधनमा पछिल्लो एक दशकमा विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको उल्लेख गरे। “विश्वको जीडीपी ७५ ट्रिलियनबाट ११५ ट्रिलियन पुगेको छ, तर राष्ट्रहरूबीच र राष्ट्रभित्र असमानता झनै चुलिएको छ,” उनले भने।

‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओली ।

प्रधानमन्त्री ओलीले विकासशील राष्ट्रहरूमाथि ऋणको चाप बढ्दो रहेको, प्रविधिमा एलडिसीहरू पछाडि परेका, जलवायु परिवर्तनको असर तीव्र रूपमा परेको तथा पूर्वाधारको अभावले समृद्धिमा बाधा पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।

“जब एकताको सबैभन्दा बढी खाँचो छ, त्यही बेला आधिकारिक विकास सहयोग घट्दै गएको छ,” प्रधानमन्त्री ओलीले भने, “यो दुःखद र चिन्ताजनक छ।”

उनले ‘सेभिया प्रतिबद्धता’लाई परिवर्तनको ढोका भन्दै यसलाई कार्यान्वयन गर्न वैश्विक समुदायसँग स्पष्ट आग्रह गरे। एलडिसीहरूले यस प्रतिबद्धतामार्फत २०३० को दिगो विकास लक्ष्य ९क्म्न्० हासिल गर्न नयाँ वित्तीय ढाँचा तयार गर्ने अवसर पाएको प्रधानमन्त्रीको भनाइ थियो।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १० : ४५ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ