तिब्बतमा भएको वर्षाले त्रिशूलीमा ठूलो बाढी, तटीय क्षेत्रमा सचेत रहन आग्रह | Khabarhub Khabarhub

तिब्बतमा भएको वर्षाले त्रिशूलीमा ठूलो बाढी, तटीय क्षेत्रमा सचेत रहन आग्रह


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको तिब्बत क्षेत्रमा भारी वर्षा हुँदा त्रिशूली नदीमा ठूलो बाढी आएको छ। बाढीका कारण रसुवाको उत्तरगया आसपासका क्षेत्र, किस्पाङको त्रिशूली थ्रीबी हव लगायतमा जलसतह उच्च देखिएको छ।

रसुवागढी क्षेत्रमा पनि पानीको बहाव बढ्दै गएकाले सतर्कता अपनाउन भनिएको छ। गत असार २४ गतेको बाढीले रसुवागढीमा मितेरी पुल बगाउनुका साथै ठूलो मानवीय र भौतिक क्षति गरेको थियोे।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले नेपाल र चीनको सीमा रसुवागढी क्षेत्रबाट ठूलो बाढी आएको भन्दै तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दा सचेत रहन भनेका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति र उत्तरगया गाउँपालिका अन्तर्गतको स्थानीय विपद् व्यवस्थापन टोली परिचालित भइसकेको छ। गाउँपालिका र प्रहरी प्रशासनले जारी सूचनालाई तत्काल कार्यान्वयनमा सहयोग पुर्‍याउन भनेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ७ : १८ बजे

प्रेस युनियनको सय दिने सदस्यता विशेष अभियान सुरु

काठमाडौं– नेपाल प्रेस युनियनले एक सय दिने ‘सदस्यता विशेष अभियान’

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नागरिक उन्मुक्तिको पनि समर्थन 

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त

चितवनमा स्क्रब टाइफस सङ्क्रमण बढ्दो, एक वर्षमा एक हजार ५५ सङ्क्रमित

नारायणगढ– चितवनमा गत आर्थिक वर्षमा स्क्रब टाइफस परीक्षण गरिएका बिरामीमध्ये

महिला उद्यमशीलताको प्रवर्द्धन गरिनुपर्छ : मुख्यमन्त्री सिंह

सिरहा– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महिलाको आर्थिक र सामाजिक

नेतृत्वमाथि षड्यन्त्रपूर्वक भएको घेराबन्दी युवाहरूले तोड्नुपर्छ : सदस्य थापा

धनगढी– नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले पार्टी नेतृत्वमाथि अनावश्यक आक्रमण