बागमतीमा एमालेले देउवाको निर्णय कुर्ने « Khabarhub

बागमतीमा एमालेले देउवाको निर्णय कुर्ने


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेकपा एमालेले बागमती प्रदेश सरकारबारे नेपाली कांग्रेसको संस्थागत निर्णयअनुसार अघि बढ्ने भएको छ । एमालेको बागमती प्रदेश संसदीय दलको बुधबार बसेको बैठकले सरकारबारे कांग्रेसले गर्ने संस्थागत निर्णयअनुसार अघि बढ्ने निर्णय गरेको हो । 

‘हामी यो वा त्यो व्यक्तिका पछि लाग्दैनौँ । हल्लाका पछि पनि लाग्दैनौँ । कांग्रेसले जसको पक्षमा संस्थागत निर्णय गर्छ उसलाई साथ दिएर जान्छौँ,’ एमाले प्रदेश सभा सदस्य केशवप्रसाद पोखरेलले खबरहबसँग भने । 

कांग्रेसले पार्टीको आन्तरिक टकरावका प्रदेशसभामा देखिएको अस्थिरतालाई तत्काल निकास दिनुपर्ने निष्कर्ष निकालेको पनि उनले जानकारी दिए । ‘कांग्रेसमा देखिएको टकरावले प्रदेशसभामा जुनखालको अस्थिरता देखिएको छ, तत्काल यसको निकास दिनुपर्छ,’ पोखरेलले भने । 

एमाले बागमतीले सरकारको कार्यशैली सुधारेर जानुपर्नेमा पनि जोड दिएको छ ।

 ‘प्रदेश सरकारबारे प्रश्न उठेका छन् । बजेट कार्यान्वयन फितलो छ,’ पोखरेलले भने, ‘सरकारको कार्यशैली पनि कमजोर छ । यी कुरालाई सुधारेर अगाडि बढ्नुपर्छ ।’

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ४ : ०७ बजे

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

एजेन्सी– इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको

डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुखको उम्मेदवार

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरम

काठमाडौं- प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा नेकपा एमालेबाहकेका प्रतिपक्षी नरम

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा