विश्व टेबलटेनिस च्याम्पियनसिपको छनोट प्रतियोगिता सुरू | Khabarhub Khabarhub

विश्व टेबलटेनिस च्याम्पियनसिपको छनोट प्रतियोगिता सुरू


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ का लागि दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा सुरू भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबार सुरु भएको प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्स सहभागी छन् ।

नेपालबाट महिला टीममा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ, योङगी पौडेल छन् भने पुरुष टिममा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार, गनन्जय दाहाल छन् ।

राउन्ड रोबिन लिग प्रणालीमा खेलिने यो छनोटबाट पुरुष तथा महिला दुवै समूहका पहिलो हुने राष्ट्रले इङल्यान्डमा २०२६ सेप्टेम्बरमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनसिपमा स्थान बनाउनेछ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ४ : १९ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध