युवा संघले बडीमालिका यात्रामा स्वयम् सेवक खटाउने « Khabarhub

युवा संघले बडीमालिका यात्रामा स्वयम् सेवक खटाउने

केन्द्रीय उपाध्यक्ष शाहको नेतृत्वमा टिम बडीमालिका जाने 


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

धनगढी– यतिबेला धर्तीको भू स्वर्ग बडीमालिका धार्मिक यात्राको मौसम चलिरहेको छ । औपचारिक मेला साउन २३ गते लाग्ने भएपनि दर्शनका लागि जाने र घुमफिरसहीतको रमाइलो गर्ने उद्देश्य बोकेर दैनिक जसो भक्तजनहरू बडीमालिका यात्रामा जाने गरेका छन् । 

हरेक वर्षको जनै पूर्णिमाको अघिल्लो दिन बडीमालिकामा पूजापाठ हुने र मेला लाग्ने गर्दछ । बडीमालिका माताको दर्शन गर्नाले मनोकांक्षा पुरा हुने, चाहेको वरदान पाइने र जीवन भरिपूर्ण हुने धार्मिक मान्यता रही आएको छ ।

बडीमालिका यात्रामा बर्षेनी पर्यटक र धार्मिक तीर्थ यात्रुहरूको चाप बढ्दै गएपछि भिडभाड र यात्रा अस्तव्यस्त हुने गरेको छ । ४ हजार २ सय मिटरमाथिको उचाइमा पुग्ने पर्ने यात्रा भएकोले धेरैलाई लेक लाग्ने, हिँड्न गाह्रो हुने, बिरामी हुने र बसाइमासमेत समस्या हुने गरेको छ । 

यात्राकै क्रममा पनि धेरैलाई हिँड्न अफ्ठ्यारै भएर बीचबाटोबाटै फर्किनु पर्ने बाध्यता भइरहन्छ । यी समस्यालाई संशोधन गर्न यो वर्ष राष्ट्रिय युवा संघ नेपाल बाजुराले स्वयम् सेवक परिचालन गर्ने भएको छ । युवा संघको तर्फबाट सहजताका लागि ३० जना बढी स्वयम् सेवक परिचालन गरिने जिल्ला संयोजक विष्णु कार्कीले जानकारी दिएका छन् । 

संयोजक कार्कीका अनुसार युवा संघका केन्द्रीय उपाध्यक्ष विनय शाह नेतृत्वमा टिम बडीमालिका जान लागेको बताएका छन् । टिममा युवा संघका केन्द्र, प्रदेश र जिल्लाका नेताहरू पनि सहभागी हुनेछन् । ती बाहेक थप ३० जना स्वयम सेवक खटाइने कार्कीको दाबी छ । 

टिममा स्वास्थ्य कर्मीसहितको व्यवस्था गरिएको छ । सामान्य चेकजाँच र औषधी उपचारका लागि पनि टोलीमा स्वास्थ्य कर्मी परिचालन गर्ने र युवा दस्तालाई विशेष उद्धार तथा सहयोगका लागि खटाउने तयारी युवा संघले गरेको छ । प्रहरी प्रशासनले पनि कम्तीमा प्रहरीको सुरक्षा टोली खटाइ सकेको छ । भने नेपाली सेना र शसस्त्र प्रहरीको टोली पनि परिचालन हुनेछ । 

विगतमा नेपाल स्काउट र रेडक्रमको टोली पनि परिचालन हुने र जिल्ला अस्पतालबाट स्वास्थ्य कर्मी समेत जाने प्रबन्ध हुँदै आएको छ । 

तर पनि बाक्लो भिडभाड र अस्तव्यस्तता सहितको बसाइ र यात्राले धेरैले दुख पाउने गरेका छन् । मनोकाङ्क्षा पुरा गर्न जानेहरूलाई नै थप कष्ट र दुख सहनु नपरोस् भन्ने पवित्र उद्देश्य बोकेर स्वयम सेवक खटाउन लागिएको युवा संघले बताएको छ । 

संघको तर्फबाट बाजुरा र कालिकोटको टिम परिचालन हुने बताइएको छ । टोली बाजुराको मार्तडीबाट सुरु हुने बडीमालिका धार्मिक यात्रा २०८२ को साउन २१ गते बिहानबाट खटाइने बताइएको छ । 

औषधी उपचार, पानी, भारी बोक्ने, उद्धार गर्न, पाल व्यवस्थापन गरिदिने जस्ता काममा स्वयम सेवकले गर्नेछन् । भने अन्तिम दिन २३ गते बडीमालिका मन्दिर क्षेत्रको सरसफाइ सहित स्वयम सेवकबाटै गराइने जिल्ला संयोजक विष्णु कार्कीले बताएका छन् ।

बडीमालिका धार्मिक यात्राका लागि डोटी र जुम्लाबाट सरकारी टोली आइसकेको छ । भने पुजारी नेत्रप्रसाद पाध्याय नेतृत्वको टोली पनि यतिबेला सप्ताहको कामसहित बडीमालिका क्षेत्रमै सक्रिय छ । जिल्ला प्रशासन कार्यालय बाजुराले औपचारिक छलफल सहित मेला व्यवस्थापन बारे पनि छलफल गरेको छ । 

बडीमालिका र बुढीनन्दासहितका धार्मिक गन्तव्यको मेला व्यवस्थापन बारे सबै दलका नेता, जनप्रतिनिधी, प्रहरी प्रशासन सहितको टोलीसँग छलफल गरिएको र आवश्यक सुरक्षा कर्मी, स्वास्थ्य कर्मी, नेपाल स्काउटको टोली पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्यायले जानकारी दिएका छन् । 

बडीमालिका धार्मिक यात्राको महिला विगतको भन्दा हरेक वर्ष बढ्दै गएको छ । नेपाली सेनाले निर्माण गरेको पुरातात्विक महिमाको मन्दिरका कारण पनि यो वर्ष तीर्थालुहरु बढ्न सक्ने अनुमान गरिएको छ । त्रिवेणी पाटनको सुन्दरता र धार्मिक आस्थाको धरोहरका रुपमा अधिकांश बडीमालिका धार्मिक यात्रा गर्ने गरेका छन् । 

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ४ : ३५ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको