बेलिब्रिजले जोडिए मुगु र हुम्ला  « Khabarhub

बेलिब्रिजले जोडिए मुगु र हुम्ला 


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मुगु र हुम्ला जिल्लालाई बेलिब्रिजले जोडिएको छन् । हुम्लाको चंङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोतीखोलामा निर्माण गरिएको बेलिब्रिज सञ्चालनमा आएसँगै दुई जिल्लाबीच सडक सञ्जालले जोडिएका हुन् । 

दुई जिल्लालाई जोड्ने तोली कर्णाली नदीमाथिको बेलिब्रिज कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरेका छन् । 

पूर्वमुख्यमन्त्री शाहीले मुगु, जुम्ला हुँदै अन्य प्रदेश राजधानी र तराईका जिल्लासँग हुम्ला सदरमुकाम सिमकोटको पहुँच स्थापित भएको बताए ।  

‘२०५५ सालदेखि सुरु गरिएको हुम्ला सडक अभियान अहिले आएर साकार हुँदैछ,’ उनले भने, ‘तीन तहका सरकार र जनस्तरको निरन्तर प्रयासले यो उपलब्धि सम्भव भएको हो ।’ 

कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालय, जिल्लास्थित पूर्वाधार विकास कार्यालयसँग २०८१ साल मंसिर २३ गते कङ्ग्री निर्माण सेवासँग बेलिब्रिज निर्माणका लागि सम्झौता गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए । 

‘हाम्रो पालिकाका तीन वडाका नागरिकले पालिकाको केन्द्र पिप्लाङ आउन तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था थियो,’ उनले भने, ‘त्यो बाध्यता बेलिब्रिज सञ्चालनमा आएपछि हटेको छ।’

चार करोड ९८ लाख रुपैयाँमा निर्माण भएको यो बेलिब्रिज ४२ मिटर लम्बाइ, १० मिटर उचाइ र ३.१५ मिटर चौडाइको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ५ : ३७ बजे

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा