रञ्जितालाई रेशमले भने- कार्यवाहक अध्यक्ष तोक्नु पार्टी विधानविपरीत « Khabarhub

रञ्जितालाई रेशमले भने- कार्यवाहक अध्यक्ष तोक्नु पार्टी विधानविपरीत


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कार्यवाहक अध्यक्ष तोक्ने अध्यक्ष रञ्जिता चौधरीको कदम पार्टी विधानविपरीत रहेको बताएका छन्  । 

बुधबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन पुगेका चौधरीले पार्टी अध्यक्षले विधानविपरीत कार्यवाहक तोकेकाले आफूलाई पनि मन नपरेको पनि बताए ।

अध्यक्षले पार्टीको केन्द्रीय समिति बोलाएर प्रस्टीकरण दिनुपर्नेमा कार्यवाहक अध्यक्ष तोक्नुले धेरै कार्यकर्ताको चित्त दुखेको उनले बताए । 

चौधरीले कार्यवाहक अध्यक्ष तोक्दा पनि केन्द्रीय समिति बोलाएर निर्णय गराउनुपर्नेमा त्यसो नगरेको जिकिर गरे ।  उनले कसका कारण पार्टीभित्र समस्या देखिएको हो भन्ने सबैलाई छर्लङ्ग नै रहेको बताए ।

संरक्षक रेशम चौधरीले आइतबार दिउँसोका लागि डाकेको केन्द्रीय समिति बैठकबाट कारबाही गर्ने सूचना पाएसँगै विधानले दिएको अधिकार उपयोग गर्दै रञ्जिताले पोखराका शिव बास्तोलालाई यही आइतबार कार्यवाहक अध्यक्ष बनाएकी थिइन् ।

यसअघि नै नाउपाका बहुमत सदस्यहरूले रञ्जितालाई केन्द्रीय समिति बैठक डाक्न मागसहित २४ घण्टे अल्टिमेटम दिएका थिए । यदि बैठक डाकेर पछिल्लो समय उठेका विषयमा चित्त बुझ्दो जवाफ नदिएमा बहुमतले कारबाही गरेर हटाउने चेतावनी उनीहरूले दिएका थिए ।

उता रेशम आफैंले पनि ८ साउनमा फेसबुक पेजमा १५ मिनेट लामो भिडियो सन्देश जारी गर्दै पोखरास्थित लिची बगानको जग्गा हडप्न घुस डिल गरेकोसहितका विषयमा पार्टी बैठक राखेर चित्त बुझ्दो जवाफ दिन माग गरेका थिए ।

तर रञ्जिताले रेशमको माग अनुसार बैठक डाक्नुको साटो बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर आफू कारबाहीबाट जोगिने कोसिस गरेकी थिइन् ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ५ : ५१ बजे

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण

जलेश्वर– प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई