भगवती-बेगखोला सडक स्तरोन्नति सुरु « Khabarhub

भगवती-बेगखोला सडक स्तरोन्नति सुरु


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– यहाँको रघुगङ्गा गाउँपालिकाको भगवती–बेगखोला सडक स्तरोन्नति आजदेखि सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित योजनाको निर्माण कम्पनीले डोजर र मजदुर परिचालन गरेर भगवतीबाट बेगतर्फ सडक स्तरोन्नति थालेको हो । 

गण्डकी प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा आर्थिक वर्ष २०८१-८२ मा एक-एकवटा सडक योजनालाई बहुवर्षीय ठेक्का लगाउन छनोट गरेको थियो । 

म्याग्दी १९१० बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीको सिफारिसमा गलेश्वर–  पिप्ले– भगवती हुँदै बेग र भगवती–सिजलगाउँ– साझपानी –बयारीगाउँ –बेग सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले रु पाँच करोड बजेटको स्रोत सुनिश्चितता गरेको थियो । 

गत असार ९ गते पूर्वाधार विकास कार्यालय र हिमालयन कन्सट्रक्सनबीच रु दुई करोड ८२ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का अवधि १८ महिना छ । कम्पनीका सञ्चालक निरज भण्डारीले पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री जुटाएर निर्धारित समय अगावै सम्पन्न गरिने बताए।  

भगवतीको जैसीखोरदेखि सिजलगाउँ हुँदै बेगतर्फ एक किलोमिटर ४०० मिटर ढलान र ‘प्रिमिक्स’ कालोपत्र हुने पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए। 

यसअघि गलेश्वर–पिप्ले–भगवती–बेग सडक अन्तर्गत पिप्ले–भगवती खण्डमा करिब छ किलोमिटर सडक कालोपत्र भएको थियो । १५ वर्षअघि खुलेको यो सडक चारदेखि पाँच मिटर फराकिलो छ । 

योजनामार्फत कम्तीमा सात मिटर फराकिलो, पर्खाल र नाली निर्माण गरिने भएको छ । यो सडकबाट रघुगङ्गा गाउँपालिका–१ बेग र २ नम्बर वडा भगवतीका बासिन्दा लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। 

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ६ : ०५ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख