भगवती-बेगखोला सडक स्तरोन्नति सुरु « Khabarhub

भगवती-बेगखोला सडक स्तरोन्नति सुरु


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– यहाँको रघुगङ्गा गाउँपालिकाको भगवती–बेगखोला सडक स्तरोन्नति आजदेखि सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित योजनाको निर्माण कम्पनीले डोजर र मजदुर परिचालन गरेर भगवतीबाट बेगतर्फ सडक स्तरोन्नति थालेको हो । 

गण्डकी प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा आर्थिक वर्ष २०८१-८२ मा एक-एकवटा सडक योजनालाई बहुवर्षीय ठेक्का लगाउन छनोट गरेको थियो । 

म्याग्दी १९१० बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीको सिफारिसमा गलेश्वर–  पिप्ले– भगवती हुँदै बेग र भगवती–सिजलगाउँ– साझपानी –बयारीगाउँ –बेग सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले रु पाँच करोड बजेटको स्रोत सुनिश्चितता गरेको थियो । 

गत असार ९ गते पूर्वाधार विकास कार्यालय र हिमालयन कन्सट्रक्सनबीच रु दुई करोड ८२ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का अवधि १८ महिना छ । कम्पनीका सञ्चालक निरज भण्डारीले पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री जुटाएर निर्धारित समय अगावै सम्पन्न गरिने बताए।  

भगवतीको जैसीखोरदेखि सिजलगाउँ हुँदै बेगतर्फ एक किलोमिटर ४०० मिटर ढलान र ‘प्रिमिक्स’ कालोपत्र हुने पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताए। 

यसअघि गलेश्वर–पिप्ले–भगवती–बेग सडक अन्तर्गत पिप्ले–भगवती खण्डमा करिब छ किलोमिटर सडक कालोपत्र भएको थियो । १५ वर्षअघि खुलेको यो सडक चारदेखि पाँच मिटर फराकिलो छ । 

योजनामार्फत कम्तीमा सात मिटर फराकिलो, पर्खाल र नाली निर्माण गरिने भएको छ । यो सडकबाट रघुगङ्गा गाउँपालिका–१ बेग र २ नम्बर वडा भगवतीका बासिन्दा लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। 

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ६ : ०५ बजे

कांग्रेस संस्थापनको तयारी : बालुवाटारमा कुरा नमिले गगन-विश्वप्रकाशलाई सानेपाबाट निष्कासन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन

विशेष महाधिवेशन शतप्रतिशतका लागि हो, ४० प्रतिशत भाग खोज्न हैन : सुवास पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक

विशेष महाधिवेशन पक्षधरबारे दीपक खड्का : वार्तामा कुरा नमिले निष्कासन गरिन्छ

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्काले विशेष महाधिवेशन पक्षधर गगन

खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको सुझाव : दशौँ राष्ट्रिय खेलकुदको तयारी गर्नुहोस्, सहयोग गर्छौँ

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका

कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता साढे छ बजेपछि मात्रै हुने

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले फाराम वितरणको काम