रसियालाई घेर्न भारतमाथि ट्रम्पले लगाए २५ प्रतिशत ट्यारिफ, पेनाल्टी पनि तिराउने चेतावनी « Khabarhub

रसियालाई घेर्न भारतमाथि ट्रम्पले लगाए २५ प्रतिशत ट्यारिफ, पेनाल्टी पनि तिराउने चेतावनी


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि फेरि कडा व्यापारिक नीति घोषणा गरेका छन्। उनले २४ घण्टाभित्र दोस्रो पटक भारतबाट आयात हुने वस्तुहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका हुन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘भारत हाम्रो मित्र हो तर पछिल्ला केही वर्षमा व्यापार असन्तुलन बढेको छ। भारतले अमेरिकी वस्तुहरूमा अत्यधिक ट्यारिफ लगाइरहेको छ, जुन अस्वीकार्य छ।’

भारत-रुस सम्बन्धप्रति असन्तुष्टि

भारतले अहिले पनि आफ्नो अधिकांश हतियार रुसबाट किनिरहेको आरोप ट्रम्पले लगाएका छन्। चीनसँग मिलेर रुसबाट ठूलो मात्रामा तेल र ग्यास किनिरहेको भन्दै उनले असन्तुष्टि जनाएका छन्। ‘जब विश्वले रुसलाई युक्रेनमा हिंसा रोक्न दबाब दिइरहेको छ, भारत उसैसँग व्यापार गरिरहेको छ,’ ट्रम्पले भनेका छन् ।

१ अगस्टदेखि ट्यारिफ र पेनाल्टी

ट्रम्पले ट्यारिफ लगाउनुमा बाहिर जे भने पनि भित्री कारण रसियासँगको सम्बन्ध हो । ट्रम्पले भारतबाट आउने सबै वस्तुहरूमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणासहित आवश्यक परेमा थप पेनाल्टी पनि लागू गरिने बताएका छन्। उनले भने, ‘अब हामी पनि कदम चाल्नेछौं, किनभने सबै कुरा ठिकठाक छैन’, उनले भनेका छन् ।

१७ जुलाईमा ट्रम्पले भारतले चाँडै अमेरिकी वस्तुहरूमाथि ट्याक्स नलगाउने अपेक्षा गरेका थिए। उनले इन्डोनेसियासँग भएको सम्झौताजस्तै भारतसँग पनि सम्झौतानजिक रहेको बताएका थिए।

अमेरिकी टोली २५ अगस्टमा भारत आउने

द्विपक्षीय व्यापार सम्झौता (बीटीए) को छैटौं चरणको छलफलका लागि अमेरिकी अधिकारीहरू २५ अगस्टमा भारत आउनेछन्। सेप्टेम्बर-अक्टोबरसम्म पहिलो चरणको सम्झौता सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

भारतको सर्त : १० प्रतिशत भन्दा कम ट्यारिफ

ब्लूमबर्गको रिपोर्ट अनुसार, भारतले १० प्रतिशत भन्दा कम ट्यारिफ चाहेको छ। भारतले गैर-कृषि क्षेत्रहरूमा सम्झौता गर्न सक्ने भए पनि कृषि तथा डेरी क्षेत्र विदेशी कम्पनीका लागि खोल्न नचाहेको स्पष्ट गरिसकेको छ।

यदि भारतले १ अगस्टसम्म सहमति प्राप्त गर्न नसके अमेरिकी सरकारले १६ प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने बताएको छ।

जसको असर भारतीय वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमतामा पर्न सक्नेछ। यद्यपि, भारतका वाणिज्य मन्त्री पियुष गोयलले आफूहरू कुनै पनि सम्झौता दबाबमा आएर नगर्ने बताइसकेका छन् ।

चीनपछि भारत र अमेरिकाबीचको व्यापार सम्बन्ध फेरि तनावपूर्ण बन्दै गएको छ। आगामी दिनहरूमा हुने छलफलले यो संकट समाधानतर्फ अग्रसर हुने वा थप चर्किने दुवै सम्भावना बाँकी छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ६ : ३० बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक