विश्वभर असर गरेको भूकम्पबाट रूसमा एक जनाको पनि गएन ज्यान « Khabarhub

विश्वभर असर गरेको भूकम्पबाट रूसमा एक जनाको पनि गएन ज्यान


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रूसको कामचटका प्रायद्वीपमा गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि विश्वभर तरंग फैलिएकव छ।

यो भूकम्पपछि प्रशान्त महासागरसँग जोडिएका रसिया, अमेरिका, जापान, ताइवान, दक्षिण कोरियासहितका मुलुकमा सुनामीको खतरा फैलिएको छ।

यद्यपि, रूस र अन्य प्रभावित देशहरूले सुनामीको चेतावनी हटाउन थालेका छन्। अहिलेसम्म भूकम्पका कारण ठूलो क्षतिको खबर आएको छैन।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले कामचटका भूकम्पबाट कुनै पनि व्यक्ति हताहत नभएको बताएका छन्।

बलियो पूर्वतयारी र सतर्कता प्रणालीका कारण ठूलो क्षति हुन नपाएको उनले जनाएका छन्। कामचटका आपतकालीन मन्त्री सर्गेई लेबेदेभले सामाजिक सञ्जालमार्फत सुनामी चेतावनी हटाइएको घोषणा गरेका छन्।

अमेरिकाको हवाईमा ५ फिटसम्मका लहर मापन गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सीले देशभर जारी गरिएको सुनामी चेतावनीहरू अधिकांश क्षेत्रमा फिर्ता लिएको छ। तर, होक्काइडोदेखि ओकिनावा सम्मका केही पूर्वी र उत्तरी तटीय क्षेत्रमा अझै ‘सुनामी एडभाइजरी’ कायम छ।

अन्य देशमा पनि प्रभाव

होनोलूलूमा नागरिकलाई उचाइयुक्त स्थानमा जान आग्रह

आपतकालीन शेल्टरहरू खोलियो

अमेरिका – क्यालिफोर्निया :

तटीय क्षेत्रमा हेलिकप्टरद्वारा सायरन बजाएर चेतावनी

२.७ करोडभन्दा बढी जनसंख्या त्रासमा

तटीय क्षेत्रका डुंगा र बस्तीहरू खाली गराइयो

प्रशान्त क्षेत्रका अन्य देशहरू:

फिलिपिन्स, इन्डोनेसिया, चीन, ताइवान, चिली, पेरू, मेक्सिको र पनामा जस्ता देशहरूले पनि सुनामीको चेतावनी जारी गरेका छन्।

शक्तिशाली भूकम्प गए पनि रसियासहित कहीँ पनि मानवीय हताहती भएन । व्यापक चेतावनीपछि मानिसहरूलाई सुरक्षित स्थानमा सारिएकाले सुनामीबाट पनि ठूलो जनधनको क्षति भएन । तर प्रशान्त क्षेत्र अझै सतर्क अवस्थामा छ । सम्बन्धित देशका अधिकारीहरू सतर्कता अपनाउन आग्रह गरिरहेका छन्।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ८ : ०२ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै