तिब्बतबाट मेसिन ल्याएर गहुँ भित्र्याउँदै हिमाली भेगका किसान | Khabarhub Khabarhub

तिब्बतबाट मेसिन ल्याएर गहुँ भित्र्याउँदै हिमाली भेगका किसान


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गोरखा – हिमाली भेगका किसान कृषिमा यान्त्रिकरण भित्र्याउन थालेका छन् । बाली काट्ने तथा कुट्ने उपकरण तिब्बतबाट ल्याएर प्रयोग गर्नेक्रम बढेको हो ।

तिब्बती सीमा क्षेत्रमा अवस्थित चुमनुब्री–७ छेकम्पारमा अहिले गहुँ टिप्ने सिजन सुरू भएको छ । गहुँ टिप्न तथा भित्र्याउन पनि सबैले उपकरणको प्रयोग गर्ने गरेको स्थानीय चुम गुम्बाका प्रमुख लामा पासाङ फुञ्जो लामाले जानकारी दिए।

मेसिनको प्रयोग गरेर खेती गर्न धेरै सजिलो भएको उनको भनाइ छ । “अहिले गहुँ टिप्ने सिजन सुरू भएको छ । सबैले तिब्बतबाट मेसिन ल्याएका छन् । घरघरमा गहुँ काट्ने र कुट्ने मेसिन छ । केही दिन सुकाएपछि गहुँ कुट्न पनि मेसिनकै प्रयोग गरिन्छ”, लामाले भने, “१० जना मान्छेले गर्नेजति काम एउटा मेसिनले गर्नसक्दो रहेछ । धेरै सजिलो भएको छ ।” १० वर्षअघि सबैभन्दा पहिले आफूले गहुँ काट्ने मेसिन ल्याएको उनले बताए ।

हिमाली भेगमा गहुँ टिप्ने सिजन सुरू भएपछि किसानमा उत्साह छाएको अर्का स्थानीय धावा छिरिङ लामाले बताए । उनका अनुसार गाउँलेले पुज्दै आएका गुम्बाको गहुँ भित्र्याएर सिजनको सुरूआत गरिएको हो ।

आज पहिलो दिन लामागाउँस्थित चुमगुम्बाको जग्गाको गहुँ भित्र्याइएको हो । “दुई दिनअघि गाउँलेहरूको सभा बस्यो । त्यहाँ लाप्राङ लामाले दिन जुराउनुभयो”, उनले भने, “त्यहीअनुसार सबै गाउँलेहरू मिलेर चुमगुम्बाको गहुँ भित्र्याइयो । अब बिहीबारदेखि किसानको गहुँ काटिन्छ ।” गाउँलेहरू मिलेर आलोपालो गरी सबैको गहुँ भित्र्याउने प्रचलन रहेको उनले बताए ।

“ङाक्यु, लेरुदेखि गहुँ काट्न सुरू हुन्छ । एक दुई दिन ङाक्यु र लेरुको काटेर सकिन्छ । अर्को एक दुईदिनमा लामागाउँको काटिन्छ”, चुम गुम्बाका प्रमुख लामा पासाङ फुञ्जो लामाले भने, “त्यसपछि बुर्जी, लार, पाङ्दुन, छुले, निलेको काटिन्छ ।” करिब १५ दिनमा सबै गाउँलेले मुख्य बाली गहुँ भित्र्याइसक्ने उनले बताए ।

चुमनुब्री गाउँपालिका–७ छेकम्पार तिब्बतको सीमा क्षेत्रमा अवस्थित गाउँ हो । ३३०० देखि ३५०० मिटर उचाइमा अवस्थित यहाँ गहुँ पाक्न ११ महिना लाग्ने गर्दछ । “गत असोजमा रोपेको गहुँ यतिबेला भित्र्याउन पाइन्छ”, उनले भने, “अब खाली बसेको जग्गामा फेरि असोजतिर गहुँ लगाइन्छ । यहाँ गहुँ, फापर र आलु मात्र खेती गर्ने गरिन्छ ।”

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ८ : ५९ बजे

बागलुङमा थपिए ६३१ मतदाता

गलकोट– बागलुङमा ६३१ नयाँ मतदाता थपिएका छन् । निर्वाचन तयारीअनुसार

किसान श्रेष्ठले भने- नेकपा एस सकियो, जीवनकै ठूलो भूल सच्याएर घर फर्कियौँ

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) छाडेका पूर्वसांसद किसान श्रेष्ठ सोमबार राष्ट्रिय

सुत्केरी गराउन आएकी महिलाको मृत्युपछि भरतपुर अस्पतालमा तनाव 

चितवन– भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएको

पशुपति पुगेर प्रधानमन्त्रीले भनिन्- राजनीतिक भर्ती केन्द्र नबनाउनु

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती

नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनको पक्षमा

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले कांग्रेसको नियमित महाधिवेशनको पक्षमा जोड