पब्जी मोबाइल विश्वकप : नेपालको ‘होर ईस्पोर्ट्स’ अन्तिम १६ मा « Khabarhub

पब्जी मोबाइल विश्वकप : नेपालको ‘होर ईस्पोर्ट्स’ अन्तिम १६ मा


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको ‘होर ईस्पोर्ट्स’ टोलीले अन्तर्राष्ट्रिय पब्जी मोबाइल विश्वकपको फाइनल चरणमा स्थान बनाउँदै ऐतिहासिक सफलता हासिल गरेको छ।

साउदी अरेबियामा जारी प्रतियोगिताको सर्भाइभल स्टेजको दोस्रो दिन बुधबार उत्कृष्ट प्रदर्शन गर्दै टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

साउथ एशिया र सेन्ट्रल एशिया क्षेत्रबाट जम्मा तीन टिम मात्रै विश्वकपमा छनोट भएका थिए, जसमा नेपालको प्रतिनिधित्व गर्दै होर ईस्पोर्ट्सले आफ्नो क्षमता प्रमाणित गर्‍यो।

होर ईस्पोर्ट्सको टोलीमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामा रहेका छन्।

उनीहरूले टोलीको समन्वय र रणनीतिमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको ईस्पोर्ट्स प्रतिस्पर्धामा छुट्टै छाप छोडिरहेका छन्।

विश्वकपको फाइनल चरणमा कुल १६ टिम प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ९ : १७ बजे

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया