रक्षा सम्मेलनमा आउन इजरायललाई बेलायतको प्रतिबन्ध « Khabarhub

रक्षा सम्मेलनमा आउन इजरायललाई बेलायतको प्रतिबन्ध


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

लण्डन– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई बेलायतबाट दोस्रो झट्का लागेको छ ।

प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरेको बेलायतले अब लण्डनमा हुन लागेको ठूलो रक्षा सम्मेलनमा इजरायली अधिकारीलाई प्रवेशमा रोक लगाउने घोषणा गरेको छ । बेलायतले लिएका यी दुवै निर्णयले बेलायतले गाजा युद्ध सम्बन्धी इजरायलको नीतिबाट अब आफूलाई टाढा राखेको सङ्केत गरेको छ ।

डिफेन्स एन्ड सेक्युरिटी इक्विपमेन्ट इन्टरनेशनल अर्थात् डिएसएआई सम्मेलन लण्डनमा हुन लागिरहेको छ । बेलायत सरकारले इजरायली सरकारी अधिकारीहरू यस सम्मेलनमा भाग लिन नपाउने घोषणा गरेको छ। यो निर्णय गाजा युद्धसँग प्रत्यक्ष जोडिएको छ ।

सम्मेलनका प्रवक्ताले इजरायली सरकारले गाजामा सैन्य कारबाही बढाउने निर्णय गलत भएको बताउँदै रक्षा सम्मेलनमा सहभागितामा बेलायतले प्रतिबन्ध लगाइएको हो । तर, इजरायली हतियार कम्पनीहरूलाई यो प्रदर्शनीमा भाग लिन भने अनुमति दिइएको छ ।

उनले भनेका छन्– ‘अब यो आवश्यक छ कि इजरायलले तुरुन्त युद्ध रोक्न, बन्धकहरूलाई रिहा गर्न र गाजाका जनतालाई मानवीय सहायता उपलब्ध गराउनु पर्छ ।’

जुलाईमा बेलायती प्रधानमन्त्री केयर स्टाररले सेप्टेम्बरसम्म प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका थिए । यस कदमबाट इजरायल क्रोशित छ र उसले बेलायतसँगको रक्षा र सुरक्षा सहयोगमा पुनर्विचार गर्न सक्ने चेतावनी दिएको छ ।

द टाइम्सको रिपोर्ट अनुसार नेतन्याहु सरकारले बेलायतको अडानलाई जवाफ दिन धेरै विकल्पहरू विचार गरिरहेको छ । बेलायतको यो अडानले इजरायल–बेलायत सम्बन्धमा बढ्दो तनावलाई तिव्रता दिनेछ । 

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ९ : २५ बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु