रक्षा सम्मेलनमा आउन इजरायललाई बेलायतको प्रतिबन्ध « Khabarhub

रक्षा सम्मेलनमा आउन इजरायललाई बेलायतको प्रतिबन्ध


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

लण्डन– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई बेलायतबाट दोस्रो झट्का लागेको छ ।

प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरेको बेलायतले अब लण्डनमा हुन लागेको ठूलो रक्षा सम्मेलनमा इजरायली अधिकारीलाई प्रवेशमा रोक लगाउने घोषणा गरेको छ । बेलायतले लिएका यी दुवै निर्णयले बेलायतले गाजा युद्ध सम्बन्धी इजरायलको नीतिबाट अब आफूलाई टाढा राखेको सङ्केत गरेको छ ।

डिफेन्स एन्ड सेक्युरिटी इक्विपमेन्ट इन्टरनेशनल अर्थात् डिएसएआई सम्मेलन लण्डनमा हुन लागिरहेको छ । बेलायत सरकारले इजरायली सरकारी अधिकारीहरू यस सम्मेलनमा भाग लिन नपाउने घोषणा गरेको छ। यो निर्णय गाजा युद्धसँग प्रत्यक्ष जोडिएको छ ।

सम्मेलनका प्रवक्ताले इजरायली सरकारले गाजामा सैन्य कारबाही बढाउने निर्णय गलत भएको बताउँदै रक्षा सम्मेलनमा सहभागितामा बेलायतले प्रतिबन्ध लगाइएको हो । तर, इजरायली हतियार कम्पनीहरूलाई यो प्रदर्शनीमा भाग लिन भने अनुमति दिइएको छ ।

उनले भनेका छन्– ‘अब यो आवश्यक छ कि इजरायलले तुरुन्त युद्ध रोक्न, बन्धकहरूलाई रिहा गर्न र गाजाका जनतालाई मानवीय सहायता उपलब्ध गराउनु पर्छ ।’

जुलाईमा बेलायती प्रधानमन्त्री केयर स्टाररले सेप्टेम्बरसम्म प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने घोषणा गरेका थिए । यस कदमबाट इजरायल क्रोशित छ र उसले बेलायतसँगको रक्षा र सुरक्षा सहयोगमा पुनर्विचार गर्न सक्ने चेतावनी दिएको छ ।

द टाइम्सको रिपोर्ट अनुसार नेतन्याहु सरकारले बेलायतको अडानलाई जवाफ दिन धेरै विकल्पहरू विचार गरिरहेको छ । बेलायतको यो अडानले इजरायल–बेलायत सम्बन्धमा बढ्दो तनावलाई तिव्रता दिनेछ । 

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ९ : २५ बजे

क्रिप्टो कारोबारको अदृश्य सञ्जाल : ७५ प्रतिशत संलग्न युवा, विद्यार्थी र कर्मचारी जोखिममा

काठमाडौं- नेपालमा पूर्ण रूपमा प्रतिबन्धित रहेको भर्चुअल एसेट (क्रिप्टोकरेन्सी) को

निर्वाचनको वातावरणका निर्माणका लागि संसद् पुनर्स्थापनाको मुद्दा टुङ्गोमा पुर्‍याउन आग्रह

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले फागुन २१ गतेको

एक्सन फिल्म ‘प्रतिवैरम’को टिजर सार्वजनिक

काठमाडौं – रोशन दासको निर्देशनमा बनेको फिल्म एक्सन प्रधान फिल्म

डा. बाबुराम भुल बने नेपाल विश्वविद्यालयबाट पहिलो विद्यावारिधि गर्ने व्यक्ति

काठमाडौं– डा. बाबुराम भुल नेपाल विश्वविद्यालयबाट पहिलो विद्यावारिधि गर्ने व्यक्ति

‘कुमारी’ निर्देशक राउतलाई प्रश्न : मल्टिरस्टार ‘महाभोज’को ठक्करले डेब्यू कलाकार लिनुभयो ?

काठमाडौं – लभस्टोरी फिल्म निर्देशनबाट चिनिएका दिनेश राउत पछिल्लो समय