प्रधानमन्त्रीज्यू ! लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सिनु होला : बालेन शाह « Khabarhub

प्रधानमन्त्रीज्यू ! लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सिनु होला : बालेन शाह


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिएका छन् ।

शनिबार सामाजिक सुञ्जालमार्फत चीन भ्रमणको शुभकामना दिँदै उनले लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन आग्रह गरेका छन् ।

उनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले मुलुकको सार्वभौमिकता माथिको अतिक्रमण गरेको स्मरण गराएका छन् ।

उनले लेखेका छन्– ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकता माथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।’

मेयर बालेनले यस विषयमा प्रधानमन्त्री ओलीमाथि पूर्ण विश्वास रहेको उल्लेख गर्दै ‘अल द बेस्ट’ भनेका छन् ।

उनले भने, ‘All the best हामीलाई तपाईं माथि पूर्ण विश्वास छ ।’

प्रधानमन्त्री ओली चीनका राष्ट्र सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १० : २० बजे

स्विस आल्प्समा बार आगलागी, धेरै हताहत

क्रान्स–मोन्टाना (स्विट्जरल्यान्ड)- स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ

‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस 

काठमाडौं– जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ– पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले

किशोरीलाई मात्र एचपीभी खोप लगाउँदा क्यान्सरको जोखिम यथावत, सरकार भन्छ- स्रोत छैन

काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध