पूर्वराष्ट्रपति भण्डारी मधेसमा, ५१ केजीको मालाले स्वागत « Khabarhub

पूर्वराष्ट्रपति भण्डारी मधेसमा, ५१ केजीको मालाले स्वागत


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेका कार्यकर्ताहरूले बारामा ५१ केजी फूलको मालाले स्वागत गरेका छन् ।

पार्टीको निर्देशनविपरित एमालेका कार्यकर्ताहरूले शनिबार सिमरा विमानस्थलमा ५१ केजीको माला लगाइदिएर पूर्वराष्ट्रपति भण्डारीको स्वागत गरेका हुन् ।

स्वागतमा कसैलाई नजान एमाले नेतृत्वको कडा निर्देशन दिए पनि स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल र केन्द्रीय सदस्य अरविन्द सिंहसहितका नेता–कार्यकर्ताहरू विमानस्थल पुगेका थिए ।

पूर्वराष्ट्रपति भण्डारी शनिबार वीरगञ्ज जाने क्रममा सिमरा विमानस्थलमा अवतरण भएकी हुन् ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले भण्डारीको स्वागतका लागि नजान नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएका थियो । तर, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले पार्टीको निर्देशन अवज्ञा गर्दै शनिबार बिहान पौने ९ बजे पूर्वराष्ट्रपति भण्डारीको स्वागतका लागि सिमरा विमानस्थलमा जम्मा हुन आह्वान गरेका थिए ।

ओली पक्षले भण्डारीको कार्यक्रममा कार्यकर्तालाई रोक्ने प्रयास गरेपछि पूर्व खेलकुदमन्त्रीसमेत रहेका पौडेल र केन्द्रीय सदस्य अरविन्द सिंहलगायतका नेताहरू स्वागतको तयारीमा जुटेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ११ : ०३ बजे

स्विस आल्प्समा बार आगलागी, धेरै हताहत

क्रान्स–मोन्टाना (स्विट्जरल्यान्ड)- स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ

‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस 

काठमाडौं– जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ– पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले

किशोरीलाई मात्र एचपीभी खोप लगाउँदा क्यान्सरको जोखिम यथावत, सरकार भन्छ- स्रोत छैन

काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध