पूर्वराष्ट्रपति भण्डारीलाई एमालेका यी नेताले गरे सिमरामा स्वागत   « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेका यी नेताले गरे सिमरामा स्वागत  


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली चीनतर्फ उडेकै दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मधेस प्रदेशको यात्रामा निस्किएकी छिन् ।

उनी मधेसमा उत्रिँदा बाराको सिमरा विमानस्थलमा एमालेका सयौँ नेता–कार्यकर्ताले ५१ केजीको मालासहित स्वागत गरेका छन् ।

वीरगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जानेक्रममा उनी शनिबार बिहान सिमरा विमानस्थल पुगेकी हुन् ।

भण्डारीलाई साथ दिन एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने र अरविन्द्र सिंह पनि विमानस्थल पुगे ।

उता, मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, प्रदेशका सचिवालय सदस्य जयप्रकाश थारु, बाराको जितपुर सिमरा उपमहानगरपालिका उपमेयर भोला अधिकारी, जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक शाह, एमाले वीरगञ्ज महानगर कमिटीका अध्यक्ष नवराज शर्मा लगायत स्वागत गर्न विमानस्थल पुगे ।

भण्डारीले वीरगञ्ज उद्योग वाणिज्य संघले गरेको वृहत महिला सम्मेलन–२०८२ लाई शनिबार सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ११ : १४ बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु