पूर्वराष्ट्रपति भण्डारीलाई एमालेका यी नेताले गरे सिमरामा स्वागत   « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेका यी नेताले गरे सिमरामा स्वागत  


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली चीनतर्फ उडेकै दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मधेस प्रदेशको यात्रामा निस्किएकी छिन् ।

उनी मधेसमा उत्रिँदा बाराको सिमरा विमानस्थलमा एमालेका सयौँ नेता–कार्यकर्ताले ५१ केजीको मालासहित स्वागत गरेका छन् ।

वीरगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जानेक्रममा उनी शनिबार बिहान सिमरा विमानस्थल पुगेकी हुन् ।

भण्डारीलाई साथ दिन एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने र अरविन्द्र सिंह पनि विमानस्थल पुगे ।

उता, मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, प्रदेशका सचिवालय सदस्य जयप्रकाश थारु, बाराको जितपुर सिमरा उपमहानगरपालिका उपमेयर भोला अधिकारी, जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक शाह, एमाले वीरगञ्ज महानगर कमिटीका अध्यक्ष नवराज शर्मा लगायत स्वागत गर्न विमानस्थल पुगे ।

भण्डारीले वीरगञ्ज उद्योग वाणिज्य संघले गरेको वृहत महिला सम्मेलन–२०८२ लाई शनिबार सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ११ : १४ बजे

स्विस आल्प्समा बार आगलागी, धेरै हताहत

क्रान्स–मोन्टाना (स्विट्जरल्यान्ड)- स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ

‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस 

काठमाडौं– जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ– पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले

किशोरीलाई मात्र एचपीभी खोप लगाउँदा क्यान्सरको जोखिम यथावत, सरकार भन्छ- स्रोत छैन

काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध