सङ्घ संस्थासम्बन्धी विधेयकको मस्यौदा सच्याउन माग « Khabarhub

सङ्घ संस्थासम्बन्धी विधेयकको मस्यौदा सच्याउन माग


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एसोसिएसन र गैरसरकारी संस्था (गैसस) महासङ्घका साथै नागरिक समाजका प्रतिनिधिहरूले सरकारले तयार गरेको सङ्घ संस्थासम्बन्धी विधेयक, २०८२ को मस्यौदा सच्याउन माग गरेका छन् ।

नेपाल बार र गैसस महासङ्घले संयुक्त रूपमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा छलफलका वक्ताहरूले सो विधेयकको मस्यौदाले नागरिक सङ्घ संस्थाको अधिकार हनन गर्ने भएकाले यसका कमजोरी सच्याएर मात्रै अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

सरकारले हालै राष्ट्रिय निर्देशन ऐन, २०१८, सङ्घ संस्था ऐन, २०३४, र समाज कल्याण ऐन, २०४९ लाई एकीकृत गरी सङ्घ संस्था दर्ता नियमन तथा व्यवस्थापनसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयक, २०८२ को मस्यौदा सार्वजनिक गरेको छ ।

छलफलमा गैसस महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले लोकतान्त्रिक मूल्य मान्यता, संवैधानिक अधिकार, नागरिक स्वतन्त्रता र सरोकारवालाको अर्थपूर्ण सहभागिता सुनिश्चित हुने गरी सङ्घ संस्थासम्बन्धी विधेयक, २०८२ को मस्यौदामा रहेका त्रुटिहरू तत्काल सच्याएर यसलाई पुनर्लेखन गर्न माग गरे । ‘प्रमुख सरोकारवालसँग सम्बन्धित विषयमा परामर्श नगरी विधायन ऐन, २०८१ को दफा ६ (२) को प्रयोजनका लागि केवल औपचारिकता मात्र पूरा गर्न सुझाव माग्नुले नागरिक समाजको अवमूल्यन गरेको छ’, उनले तर्क गरे ।

नेपाल बार एसोसिएसनका कार्यवाहक अध्यक्ष सरस्वती श्रेष्ठले यो विधेयका मस्यौदामा थुप्रै कमी कमजोरी भएकाले दफाबाररूपमा गम्भीर बहस चलाउनुपर्ने धारणा राखे । गैसस महासङ्घका महासचिव देवी खड्काका अनुसार लोकतान्त्रिक आन्दोलनको सदैव सहयात्री नागरिक समाजको अवमूल्यन हुने गरी ल्याइएको यो मस्यौदाले नागरिक समाजको भूमिका खुम्च्याउने मात्र होइन नियन्त्रण नै गर्नेछ ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पनि यो विधेयकको मस्यौदा नियमनकारीभन्दा नियन्त्रणमुखी भएको, विदशी गैससलाई नेपालमा काम गर्न झन्झटिला प्रावधान राखेको र नेपालमै सामाजिक क्षेत्रमा र गैसस क्षेत्रमा काम गर्न चाहने समाजसेवीलाई निरुत्साहित गरेको उल्लेख गरे । मस्यौदालाई व्यापक सुधार गरी नियन्त्रणमुखी प्रावधान हटाएर मात्रै पास गर्नुपर्ने उनको जोड थियो ।

त्यसैगरी, अधिवक्ता तथा विषय जानकार सञ्जीव घिमिरेका अनुसार यो विधेयको मस्यौदामा संस्था दर्ता र नियमन अत्यधिक प्रशासनिक र तजबिजी अधिकारमा आधारित हुनुका साथै नागरिक अधिकार क्षेत्र प्रवर्द्धन गर्न नसक्ने कानूनी प्रस्ताव गरेको छ । (रासस)

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ११ : ३८ बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु