संरक्षणको पर्खाइमा ऐतिहासिक टक्सार बजार « Khabarhub

संरक्षणको पर्खाइमा ऐतिहासिक टक्सार बजार


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भोजपुर– औद्योगिक, व्यापारिक तथा साँस्कृतिक पहिचान बोकेको भोजपुरको ऐतिहासिक टक्सार बजार अहिले संरक्षणको पर्खाइमा छ । ‘सानो पाटन’को नामले चिनिएको यो बजार बसाइँसराइका कारण सुनसान बनेको छ ।

दर्जनौँ धार्मिक एवं सांस्कृतिकस्थल समेटिएको यो बजार क्रमशः जीर्ण हुँदै गएको स्थानीयबासी अम्रिका तामाकार बताउँछिन् । ‘ऐतिहासिक टक्सार बजार नेपालकै गौरव बोकेको स्थल हो’ उनले भनिन्– ‘तर वर्षैपिच्छे खण्डहर बन्दै गएको छ । यो ऐतिहासिक क्षेत्रको संरक्षणको खाँचो छ ।’

१८७२ देखि १८८७ सालसम्म टक्सारमा डोली पैसा बन्ने गर्दथ्यो भन्ने ऐतिहासिक तथ्य छ । तत्कालीन नेपाल सरकारले १८७० सालदेखि पूर्वी पहाडका जिल्लामा खनिज पदार्थ उत्खनन थालेपछि टक्सारमा अड्डासमेत स्थापना भएको थियो ।

यहाँ १९९३ सालमा स्थापना भएको शाक्यमुनि विहार, सरस्वती गुफा, अजिमा थान, महेन्द्र पार्क, राधाकृष्ण मन्दिर, गणेश मन्दिर, भिमसेन थान, तीन धारा लगायतका धार्मिकस्थल रहेका छन् ।

बस्ती घट्दै गएसँगै यी सम्पदा पनि ओझेलमा पर्न थालेको स्थानीय राजकुमार श्रेष्ठले बताए । ‘टक्सारमा दजनौँ धार्मिक स्थल छन्,’ उनले भने, ‘जुन स्थान पर्यटकको आकर्षणको केन्द्र पनि हुन् । बजार नै जीर्ण बनेकाले यी क्षेत्र ओझेलमा परेका छन् ।’

राणाकालमा यहाँ टकमारीमार्फत बनाइएका एक तोला र दुई तोलाका डोली पैसा चलनमा आएका थिए । टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयबासीको भनाइ छ ।

२०१३ सालमा तत्कालीन राजा महेन्द्र शाहले टक्सारलाई औद्योगिक क्षेत्रको रूपमा घोषणा गरेका थिए । सो समयमा करिब २००–३०० परिवारको बसोबास रहेको यो बजारमा अहिले बस्ती घट्दै गएको स्थानीयको भनाइ छ ।

टक्सार बजारको पहिचान जोगाउन संरक्षणसँगै नयाँ बस्ती विस्तारको अवधारणा आवश्यक रहेको स्थानीयले बताउने गरेका छन् । (रासस)

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १२ : ०० बजे

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित

सुदूरपश्चिम प्रदेशसभा : दलित सशक्तीकरण विधेयकमाथि छलफल

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८ लाई

गगन–विश्वले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्दै

काठमाडौं– नेपाली कांग्रेशका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही

सेतो मच्छिन्द्रनाथको मूर्तिमा रंगरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– आइतबार सम्पन्न पवित्र स्नानपछि सेतो मच्छिन्द्रनाथ (अवलोकितेश्वर/करुणामय) को मूर्तिमा

रास्वपासँग राजनीतिक सहमति गर्ने पक्षमा जेन-जी फ्रन्ट र काउन्सिल, अलायन्स भने सडकतिर

काठमाडौं- सोमबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र