व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा नेता राणाको जोड « Khabarhub

व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा नेता राणाको जोड


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले सूचना प्रविधिको वर्तमान युगमा गलत सूचना प्रवाहलाई नियन्त्रण चुनौतीपूर्ण बनेको बताएका छन् । साथै उनले व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् । 

नेपाल पत्रकार महासङ्घ ललितपुरले शनिबार आयोजना गरेको कार्यक्रममा उनले ‘डिजिटल मिडिया’मार्फत समाचार सम्प्रेषण गर्ने अवसरसँगै चुनौती पनि थपिएकाले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषणमा जोड दिए। 

‘पत्रकारितामा धेरै सम्भावना र चुनौती छन् । मूलधारका मिडिया पक्षपाती भइरहेका अवस्थामा स्वरोजगारमुलक मिडियाले परिपूरण गर्नुपर्ने अवस्था छ’, उनले भने।

त्यसअवसरमा वाग्मती प्रदेशसभा सदस्य उर्मिला लामा ,न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा र गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले व्यावसायिक पत्रकारितामा जोड दिएका थिए । 

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १ : ०६ बजे

स्विस आल्प्समा बार आगलागी, धेरै हताहत

क्रान्स–मोन्टाना (स्विट्जरल्यान्ड)- स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ

‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस 

काठमाडौं– जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ– पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले

किशोरीलाई मात्र एचपीभी खोप लगाउँदा क्यान्सरको जोखिम यथावत, सरकार भन्छ- स्रोत छैन

काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध