पतञ्जली जग्गा प्रकरणमा माधव नेपाल भन्छन्- मबाट कुनै गल्ति भएको छैन « Khabarhub

पतञ्जली जग्गा प्रकरणमा माधव नेपाल भन्छन्- मबाट कुनै गल्ति भएको छैन


१४ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूबाट कुनै गल्ति नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठनको केन्द्रीय कमिटीको तेश्रो बैठकमा अध्यक्ष नेपालले संविधान कानून अनुसार नै आफूले काम गरेको भन्दै पतञ्जली जग्गा प्रकरणमा आफूबाट कुनै गल्ति नभएको बताएका हुन् ।

हदबन्दीभन्दा बढी जग्गा राख्न दिएर गल्ती भयो भन्ने कुराका कुनै कानूनी आधार नरहेको उनको भनाइ छ । उनले आफूले कानून विपरीतको कुनै काम नगरेकाले डटेर आफूमाथि लगाइएको आरोपको सामना गर्ने स्पष्ट पारे ।

त्यस्तै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी अर्को पार्टीमा समाहित हुने भन्ने कुरामा कुनै सत्यता नरहेको बताउनुभयो । उहाले समान बिचार भएका पार्टीहरूबीच सहकार्य गर्दै अघि बढ्ने र समाजवादी मोर्चालाई बलियो बनाउने धारणा राखे ।

अध्यक्ष नेपालले कम्युनिष्ट धारहरूलाई एकैठाँउमा ल्याउन पनि सबैबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । उनले अहिले विद्रोहको औचित्य पुष्टि हुदै गएको समेत बताए ।

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  ५ : १० बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स