पतञ्जली जग्गा प्रकरणमा माधव नेपाल भन्छन्- मबाट कुनै गल्ति भएको छैन « Khabarhub

पतञ्जली जग्गा प्रकरणमा माधव नेपाल भन्छन्- मबाट कुनै गल्ति भएको छैन


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूबाट कुनै गल्ति नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठनको केन्द्रीय कमिटीको तेश्रो बैठकमा अध्यक्ष नेपालले संविधान कानून अनुसार नै आफूले काम गरेको भन्दै पतञ्जली जग्गा प्रकरणमा आफूबाट कुनै गल्ति नभएको बताएका हुन् ।

हदबन्दीभन्दा बढी जग्गा राख्न दिएर गल्ती भयो भन्ने कुराका कुनै कानूनी आधार नरहेको उनको भनाइ छ । उनले आफूले कानून विपरीतको कुनै काम नगरेकाले डटेर आफूमाथि लगाइएको आरोपको सामना गर्ने स्पष्ट पारे ।

त्यस्तै अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी अर्को पार्टीमा समाहित हुने भन्ने कुरामा कुनै सत्यता नरहेको बताउनुभयो । उहाले समान बिचार भएका पार्टीहरूबीच सहकार्य गर्दै अघि बढ्ने र समाजवादी मोर्चालाई बलियो बनाउने धारणा राखे ।

अध्यक्ष नेपालले कम्युनिष्ट धारहरूलाई एकैठाँउमा ल्याउन पनि सबैबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए । उनले अहिले विद्रोहको औचित्य पुष्टि हुदै गएको समेत बताए ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ५ : १० बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी