अमेरिकाले प्यालेस्टाइनका राष्ट्रपतिलाई राष्ट्रसङ्घ महासभामा आउन नदिने | Khabarhub Khabarhub

अमेरिकाले प्यालेस्टाइनका राष्ट्रपतिलाई राष्ट्रसङ्घ महासभामा आउन नदिने


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकाले प्यालेस्टाइनका राष्ट्रपतिलाई संयुक्त राष्ट्रसङ्घको महासभामा आउन नदिने भएको छ । अमेरिकाले प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास र ८० भन्दा धेरै अधिकारीलाई भिसा दिन अस्वीकार गरेको हो ।

आउँदो महिना न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभा आयोजना हुँदैछ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्यालेस्टाइनी पक्षले शान्तिको पहलमा बाधा पु¥याएको भन्दै यस्तो निर्णय गरेका हुन् ।

बीबीसीका अनुसार प्यालेस्टाइनी राज्यलाई मान्यता दिइने एकपक्षीय कदमको विरोधमा अमेरिकाले यस्तो कदम चालेको हो । आउँदो महासभामा फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने पहलको नेतृत्व गरिरहेको छ ।

यस कदमको इजरायलले स्वागत गरेको छ । इजरायली विदेशमन्त्री गिडियन सारले अमेरिकी विदेश मन्त्रालयको निर्णयको स्वागत गरेका हुन् ।

प्यालेस्टाइनले भने अमेरिकाको घोषणाप्रति आश्चर्य जाहेर गरेको छ । अमेरिकाको यस कदम राष्ट्रसङ्घ मुख्यालय सम्झौता र अन्तर्राष्ट्रिय कानुनको विरुद्धमा रहेको प्यालेस्टाइनी पक्षको आरोप छ ।

यसअघि राष्ट्रसङ्घमा प्यालेस्टाइनका राजदूत रियाद मन्सुरले आउँदो महासभामा अब्बासको नेतृत्वमा प्यालेस्टाइनले सहभागिता जनाउने घोषणा गरेका थिए ।

सदस्य नभएपनि प्यालेस्टाइनलाई राष्ट्रसङ्घले पर्यवेक्षकको मान्यता दिएको छ । सन् १९७४ मा राष्ट्रसङ्घले प्यालेस्टाइन मुक्ति संगठन पीएलओलाई ‘प्यालेस्टाइनी जनताको एकमात्र प्रतिनिधि मान्दै पर्यवेक्षकको दर्जा दिएको थियो ।

पछि सन् २०१२ मा महासभाले प्यालेस्टाइनलाई गैरसदस्यीय स्थायी पर्यवेक्षक राज्यको मान्यता दिएको थियो । न्यूयोर्कमा रहेको राष्ट्रसङ्घको मुख्यालयमा आयोजना हुने महासभामा जुनसुकै मुलुकका प्रतिनिधिलाई पनि अमेरिकाले भिसा दिने चलन छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ५ : ३८ बजे

पत्रकार सम्मेलन गर्दै रामकुमारी झाँक्री : एमालेमा फर्किने तयारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले आज पत्रकार

पाल्पाको रानीमहल संरक्षणको पर्खाइमा (फोटो फिचर)

पाल्पा– पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाइएको रङ्ग उडेर भित्तामा

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त