लिपुलेकमा चीन-भारत सहमतिप्रति प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग राखे असन्तुष्टि « Khabarhub

लिपुलेकमा चीन-भारत सहमतिप्रति प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग राखे असन्तुष्टि


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग आपत्ति जाहेर गरेका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँगको भेटवार्तामा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिबारे स्पष्ट रुपमा आपत्ति जाहेर गरेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच शनिबार तियान्जिन शहरमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वको सबै भूभागहरू सार्वभौम मुलुक नेपालका भएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले यसबारे चीनले नेपाललाई सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

भेटवार्तामा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ५ : ५१ बजे

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर