‘ओलीले सीलाई लिपुलेक नेपालको हो भन्नुभयो’ « Khabarhub

‘ओलीले सीलाई लिपुलेक नेपालको हो भन्नुभयो’


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ प्रधानमन्त्री सी चिनफिङलाई लिपुलेक नेपालको भूमि भएको अवगत गराएको उनको सचिवालयले जनाएको छ ।

साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन आजै चीन पुगेका प्रधानमन्त्री ओलीले भारत अतिक्रमित नेपाली भूमि लिपुलेकबाट व्यापार गर्नेगरी चीनले गरेको सहमतिमा असन्तुष्टि जनाएका हुन्‌ । ओली र सीबीच आजै तियाञ्जिनमा भेटवार्ता भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीले भदौ ३ गते भारतको राजधानी नयाँ दिल्लीमा द्विदेशीय व्यापार निम्ति नेपाली भूमि लिपुलेकबाट व्यापारिक नाका खोल्नेगरी विवादास्पद सम्झौता गरेका थिए ।

ओलीको सचिवालयका अनुसार; उनले चिनियाँ राष्ट्रपति सीलाई भारत-चीन लिपुलेक व्यापारिक मार्गबारे भएको सहमतिमा असन्तुष्टि नै व्यक्त गरेका हुन्‌ । ओलीले ऐतिहासिक दस्तावेजले पनि उक्त भूमि नेपालको भएको कुरा सीलाई अवगत गराएको सचिवालयको दाबी छ ।

सचिवालयले नेपाली भूमिबारे ओलीले सीलाई दुई देशका प्रतिनिधिमण्डल बीचको भेटमै अवगत गराएको दाबी गरे पनि स्वतन्त्र स्रोतले पुष्टि गरिसकेको छैन ।

चीन भ्रमणमा जानुभन्दा अघिल्लो दिन संसद्‌मा बोलेका ओलीले भारत अतिक्रमित लिपुलेकमा बेइजिङ र नयाँ दिल्लीबीच भएको विवादास्पद सम्झौताबारे कुनै धारणा राखेका थिएनन्‌ ।

बरु, साँझपख आफू अध्यक्षताको लगानी बोर्डको बैठक राखेर ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजनाको अनुमतिपत्र स्वीकृत गराएका थिए । तल्लो अरुणको लाइसेन्स भारतीय कम्पनी सतलजले पाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ५ : ५३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको