चीन जान लागेका प्रधानमन्त्रीले लिपुलेक सहमतिबारे मौनता साँधे « Khabarhub

चीन जान लागेका प्रधानमन्त्रीले लिपुलेक सहमतिबारे मौनता साँधे


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् ।

शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पाँच दिने चीन भ्रमणबारे विस्तृत जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिन फिङको मैत्रीपूर्ण निमन्त्रणमा भदौ १४ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जान लागेको बताए ।

‘यस भ्रमणको उद्देश्य चीनको तियामजिङ सहरमा आयोजना हुने संघाई सहयोग संगठनको शिखर सम्मेलनमा भाग लिनु हो,’ उनले भने ।

नेपाल, सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको उनले बताए । ‘हाम्रो प्रयास यस संगठनमा नेपालको सहभागिताको स्तर अभिवृद्धि गर्नु, समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा नेपालको दृष्टिकोण र प्राथमिकता स्पष्ट रुपमा उजागर गर्नु एवम्  यसमार्फत् अत्यधिक लाभ हासिल गरी नेपालको हित प्रबर्द्धन गर्नु रहेको छ’, उनले भने ।

तर ओलीले नेपाली भूमि लिपुलेक हुँदै चीन र भारत व्यापारिक मार्ग खोल्ने गरी गरेको सहमतिबारे संसद्मा मौनता साँधे ।

उनले चीन भ्रमणको लामो व्याख्या गरेपछि वीरगञ्जमा महामारीको रुप लिएको हैजा नियन्त्रणको प्रयासबारे संसद्लाई जानकारी दिए ।

तर शुक्रबारको संसद् बैठकमा पनि सत्ता र प्रतिपक्षी दलका सांसदहरूले उठाएको लिपुलेकबाट व्यापारिक मार्ग खोल्ने सहमतिबारे ओलीले कुनै जवाफ दिएनन्।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र हान चङसँग भेट हुने जानकारी दिए। साथै उनले विभिन्न मित्र राष्ट्रका सरकार प्रमुखसँग समेत वार्ता गर्ने बताए। तर उक्त भेटमा आफूले उठाउने विषयबारे ओलीले केही खुलाएनन् ।

भदौ १६ गते सुरु हुने एससीओको उद्घाटन कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री ओलीले अन्तिम दिन (भदौ १८) चीन सरकारले आयोजना गर्ने फासीवादविरुद्धको विश्व युद्ध र जापानमाथि चीनको जितको उत्सव अवलोकन गर्ने बताए।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले मुलुकको हित र प्रतिष्ठालाई उचाल्ने विश्वास व्यक्त गर्दै, ‘नेपालको छवि माथि उठाउने गरी हाम्रो प्रतिनिधिमण्डलले काम गर्नेछ,’ भने ।

शुक्रबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले लिपुलेक प्रकण उठाएका थिए । तर ओलीले चीन जाँदा यसबारे कुरा गर्ने-नगर्ने केही नभनी आफ्ना भनाइ राखेर बाटो लागे ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  २ : ४२ बजे

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइमा सुविधा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा

७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले विभिन्न ७ वटा निर्माण

काभ्रेको भुम्लु गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा

काभ्रेपलाञ्चोक– काभ्रेको कोशीपारिस्थित भुम्लु गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चिता र दिगोपना

भूमि व्यवस्था मन्त्रालयका कार्यक्रम कार्यालयभित्रै गर्नुपर्ने

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै

म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

झापा– ‘हेल्लो सरकार’मा उजुरी परेपछि मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय