निजामती विधेयक : २ वर्षे ‘कुलिङ पिरियड’ राख्ने सहमति « Khabarhub

निजामती विधेयक : २ वर्षे ‘कुलिङ पिरियड’ राख्ने सहमति


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति भएको छ । 

सिंहदरबारमा शनिबार बसेको समिति बैठकले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने क्रममा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने विषयमा सहमति जुटाएको हो । यसअघि प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गर्ने क्रममा कुलिङ अफ पिरियडमा छेडखानी गरेको पाइएको थियो।

कुलिङ अफ पिरियड नरहने आशयसहितको विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभाबाट त्यसलाई सच्याउनुपर्ने आवाज समेत उठेको थियो । विधायन व्यवस्थापन समितिमा एमाले बाहेकका दलका सांसदले दुई वर्षको कुलिङ अफ पिरियड राख्नुपर्ने बताएका थिए भने एमाले सांसदहरुले कुलिङ अफ पिरियडको अवधि कम गर्ने विषयमा धारणा राखेका थिए ।

छलफलपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कुलिङ अफ पिरियडमा सरकारको कुनै छुट्टै अडान नरहेको बताइन्। उनले दुई वर्षको कुलिङ अफ पिरियड राख्दा तलका कर्मचारीलाई कुनै अप्ठेरो नहुने र सबैलाई एउटै अर्थ लाग्ने गरि भाषा मिलाउनुपर्ने उल्लेख गरिन् ।

समिति सभापति तुलसा कुमारी दहालले निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने सहमति भएको जानकारी दिइन् । यस विषयमा भाषा मिलाएर अन्तिम प्रतिवेदन निर्माणका क्रममा छलफल हुने उनले बताइन्।

निजामती विधेयकमाथि आइतबार पनि दफावार छलफल हुने सभापति दहालले बताइन्। राष्ट्रियसभा पारित भएको खण्डमा उक्त विधेयकलाई भाद्र १९ गते पारित गर्ने प्रतिनिधिसभाको तयारी छ। 

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ७ : ४३ बजे

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर