चाडपर्व सकिएपछि सडक र सदन केन्द्रीत आन्दोलन चर्काउछौँ : प्रचण्ड « Khabarhub

चाडपर्व सकिएपछि सडक र सदन केन्द्रीत आन्दोलन चर्काउछौँ : प्रचण्ड


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चाडपर्व सकिएपछि सडक र सदन केन्द्रीत आन्दोलन गर्ने बताएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौति विषयक विचार गोष्ठीमा प्रचण्डले चाडपर्व सकिएपछि सबै प्रतिपक्षीहरू एक भएर सडक र सदन केन्द्रीत आन्दोलन चर्काउने बताएका हुन् ।

कांग्रेस–एमालेको सरकारले मुलुकमा सुशासन भनाइ भ्रष्टाचारलाई प्रश्रय दिनुका साथै कानून निर्माणमा समेत छेडखानी गरेकाले अव शसक्त आन्दोलन गर्ने उनले बताए । प्रचण्डले राज्यलाई रूपान्तरणका साथै भ्रष्टाचारविरोधी अभियान नै सुरु गर्दा सरकारबाट बाहिरिनुपरेको उल्लेख गरे ।

दुई तिहाइको बलमा भ्रष्टाचारीलाई जोगाउने, राजनीतिक प्रतिशोध लिने र अदालतलाई नै प्रभावित पार्ने काम भएको प्रचण्डले बताए । उनले दुई तिहाइको बलमा भएका गलत कामको सडक, सदन र सरकारको मोर्चाबाट हस्तक्षेपको विकल्प नरहेको उल्लेख गरे ।

प्रचण्डले पार्टीभित्रै दलीतलाई दमन गर्ने दुई वटा प्रवृत्ति र दुई वटा बिचार रहेको बताए ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ७ : ०९ बजे

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको