चाडपर्व सकिएपछि सडक र सदन केन्द्रीत आन्दोलन चर्काउछौँ : प्रचण्ड « Khabarhub

चाडपर्व सकिएपछि सडक र सदन केन्द्रीत आन्दोलन चर्काउछौँ : प्रचण्ड


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चाडपर्व सकिएपछि सडक र सदन केन्द्रीत आन्दोलन गर्ने बताएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौति विषयक विचार गोष्ठीमा प्रचण्डले चाडपर्व सकिएपछि सबै प्रतिपक्षीहरू एक भएर सडक र सदन केन्द्रीत आन्दोलन चर्काउने बताएका हुन् ।

कांग्रेस–एमालेको सरकारले मुलुकमा सुशासन भनाइ भ्रष्टाचारलाई प्रश्रय दिनुका साथै कानून निर्माणमा समेत छेडखानी गरेकाले अव शसक्त आन्दोलन गर्ने उनले बताए । प्रचण्डले राज्यलाई रूपान्तरणका साथै भ्रष्टाचारविरोधी अभियान नै सुरु गर्दा सरकारबाट बाहिरिनुपरेको उल्लेख गरे ।

दुई तिहाइको बलमा भ्रष्टाचारीलाई जोगाउने, राजनीतिक प्रतिशोध लिने र अदालतलाई नै प्रभावित पार्ने काम भएको प्रचण्डले बताए । उनले दुई तिहाइको बलमा भएका गलत कामको सडक, सदन र सरकारको मोर्चाबाट हस्तक्षेपको विकल्प नरहेको उल्लेख गरे ।

प्रचण्डले पार्टीभित्रै दलीतलाई दमन गर्ने दुई वटा प्रवृत्ति र दुई वटा बिचार रहेको बताए ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ७ : ०९ बजे

स्विस आल्प्समा बार आगलागी, धेरै हताहत

क्रान्स–मोन्टाना (स्विट्जरल्यान्ड)- स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ

‘धोती हाम्रो शान हो’ भन्दै मनाइयो धोती दिवस 

काठमाडौं– जनमत पार्टीले काठमाडौं लगायत विभिन्न जिल्लामा धोती दिवस मनाएको

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ– पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट

पश्चिम नवलपरासीमा आलुखेतीमा किसानको आकर्षण

नवलपरासी– बर्दघाट सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० का उमाशंकर चौधरीले

किशोरीलाई मात्र एचपीभी खोप लगाउँदा क्यान्सरको जोखिम यथावत, सरकार भन्छ- स्रोत छैन

काठमाडौं- सरकारले यसवर्ष ३ लाख बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध