‘महिलालाई आत्मनिर्भरतातर्फ अघि बढाउन अवसरहरू सिर्जना गर्नुपर्छ’ « Khabarhub

‘महिलालाई आत्मनिर्भरतातर्फ अघि बढाउन अवसरहरू सिर्जना गर्नुपर्छ’


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला उद्यमशीलतालाई सम्मान गर्दै आत्मनिर्भरतातर्फ अघि बढाउन महिलाका लागि अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा शनिबार आयोजित ‘नारीः शक्ति, समर्पण र सम्मान’ विषयक बृहत् महिला सम्मेलनको उद्‌घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले परिवार निर्माणदेखि उद्योग–व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रुपान्तरणसम्म महिलाको योगदान सधैँ अग्रपङ्क्तिमा रहँदै आएको बताए । उनले महिलालाई आत्मनिर्भर बनाउन अवसरसँगै सबैको ऐक्यबद्धता आवश्यक पर्ने खाँचो औँल्याए।

उनले महिला शक्ति केवल परिवारको हिस्सा मात्रै नभएर सम्पूर्ण समाजको प्रगतिको आधार भएकाले महिला उद्यमशीलतालाई सम्मान र प्रोत्साहन गर्नुपर्ने धारणा राखे। पूर्वराष्ट्रपति भण्डारीले वीरगञ्जजस्तो व्यापारिक केन्द्रमा उद्यमशीलताको विकास गर्न महिला नेतृत्वले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए। ‘महिलामा उद्यमशीलताको विकास गर्नु व्यक्तिगत सफलता होइन् । सिङ्गो देशको अर्थतन्त्रलाई सुदृढ गराउनु पनि हो’, उनले भने ।

‘महिला आफू सक्षम बनेर आगामी पुस्तालाई प्रेरणा दिनेगरी अगाडि बढ्नुपर्छ’, उनले भने, ‘हाम्रो समाजमा अझै बाँकी रहेको लैङ्गिक असमानता, पूर्वाग्रह र अवरोधहरूलाई तोड्दै समाज परिवर्तनमा सकारात्मक र उपयोगी भूमिका निर्वाह गर्दै जानुपर्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले महिला आत्मविश्वासी भएर सकारात्मक सोच र योजनासहित अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले महिला आत्मनिर्भर भए मात्रै क्षमता अभिवृद्धिसँगै नेतृत्वमा जानसक्ने धारणा राखे।

पूर्वराष्ट्रपति भण्डारीले महिलाको त्याग र समर्पणलाई संस्थागत गरेर अवसरहरू सिर्जना गरे मात्रै महिलामाथि सम्मान हुने धारणा राखे । मुलुकको बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न आयात प्रतिस्थापनको नीति अपनाएर स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।

सम्मेलनको संयोजक डा. लक्ष्मी थापाले यस्ता खालका कार्यक्रमले महिलाको उद्यमशीलता विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे। वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले महिला उद्यमशीलताको विकासका लागि महिलालाई अवसरसँगै घरघरबाट उद्योग–व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ७ : २४ बजे

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा