प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँग भने : लिपुलेकमा नेपाललाई ‘बाइपास’ गरिएको चीन–भारत सहमति आपत्तिजनक « Khabarhub

प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिसँग भने : लिपुलेकमा नेपाललाई ‘बाइपास’ गरिएको चीन–भारत सहमति आपत्तिजनक


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक पास हुँदै भारत र चीनबीच भएको व्यापार सम्झौताबारे नेपाल सरकारको आपत्ति रहेको स्पष्ट पारेका छन्।

तियानजिनमा चीनका राष्ट्रपति सी चिनफिङसँग भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले लिपुलेक नेपालको भूभाग भएको भन्दै नेपाललाई बाइपास गरेर भएको सहमति अस्वीकार्य भएको बताएका हुन्।

उनले नेपालको भूमिसम्मान र सीमा सार्वभौमिकतामा कुनै सम्झौता हुन नसक्ने भन्दै भारत–चीनबीचको बुझाइबारे आपत्ति पत्रसमेत दर्ता भएको जानकारी गराएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रधानमन्त्री ओलीले चीनसँग नेपालको सम्बन्ध ऐतिहासिक विश्वास र पाँच सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्वमा रहेको उल्लेख गर्दै विकासका क्षेत्रमा चीनको सहयोगको प्रशंसा गरे।

तर, लिपुलेक मुद्दामा नेपालको प्रष्ट धारणा कायम रहेको र नेपाल आफ्नो सीमा हकहितमा अडिग रहने बताए। यसअघि भारत र चीनबीच भएको सहमति अनुसार लिपुलेक मार्गलाई व्यापारिक आवागमनका लागि प्रयोग गर्ने निर्णय भएको थियो।

उक्त कदमले नेपालभित्र चर्को आलोचना भएको छ। नेपालले निरन्तर लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ८ : ३७ बजे

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक