बेपत्ताहरूको खोजी प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्दछुः प्रचण्ड « Khabarhub

बेपत्ताहरूको खोजी प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्दछुः प्रचण्ड


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ताहरूको खोजीसहित आवश्यक अन्य कार्य प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरको छन् ।

‘बेपत्ता पारिएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस’ का सन्दर्भमा आज उहाँले बेपत्ताहरूप्रति सम्मान व्यक्त गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई तत्काल खोजी गरी उहाँहरूको अवस्था सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि बेपत्ता भएकाहरूको कीर्तिमानी योगदानको स्मरण गर्दै अध्यक्ष दाहालले बेपत्ता व्यक्तिका परिवारलाई उचित सम्मान, सेवा, सुविधा र सहुलियत प्रदान गर्न सरकारसँग माग गरे ।

उनले भने “यस अवसरमा विस्तृत शान्ति सम्झौताको दफा ५ को २ को (५) बमोजिम, नेपालको अन्तरिम संविधान–२०६३ को धारा ३३ र संविधानको धारा ३०४ (२) को व्यवस्थालाई तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।”

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १० : १० बजे

दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय-रश्मिकाको विवाह तय  

काठमाडौं– दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोण्डा र रश्मिका

महिला उद्यमशीलता प्रवर्द्धन गर्दै फुङ्लिङ नगरपालिका

फुङ्लिङ– यहाँको फुङ्लिङ नगरपालिकाले स्थानीय उद्यमीहरुद्वारा उत्पादित सामग्री खरिद गर्न थालेको

रसुवागढी नाका आजदेखि सञ्चालन

रसुवा–  नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध

सन् २०२५ मा १२८ पत्रकारको हत्या

ब्रसेल्स– सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या