‘पिङमा मच्चिनुको मज्जै बेग्लै….’ | Khabarhub Khabarhub

‘पिङमा मच्चिनुको मज्जै बेग्लै….’


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी–  वर्षा कम हुँदै गएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा सेताम्मे हिमशृङखला । रातोमाटो र कमेरो छेपेर रंगिएका घरहरु । खेत, बारीमा लहलह झुलेका धान र कोदोको बाला । लिङ्गे र रोटेपिङमा मच्चिदाको आनन्द ।

शरदयामको मौसमसँगै चाडपर्वले मानिसहरूको मनमा उमङ्ग छाएको छ । सहर बजार र विदेशिएकाहरू दशैँ पर्व मनाउनका लागि जन्मथलो फर्किएपछि म्याग्दीका गाउँघरको चहलपहल ह्वात्तै बढेको छ । रोजगारी, अध्ययन, पेशा र व्यवसायको लागि बजार झरेका र विदेशिएकाहरू जन्मथलो फर्किएपछि गाउँघरमा चहलपहल बढेको मालिका गाउँपालिका–३ का गोविन्द पटेलले बताए ।

‘अघिपछि गाउँघरमा युवाहरू नभएपनि विदेशिएका र सहर पसेका आफन्तहरू गाउँ फर्केपछि रौनक छाएको छ,’ उनले भने, ‘चाडपर्वले वर्षौँपछिका आफन्त, साथीभाइ र इष्टमित्रहरूका मिलन गराउँदा उमङ्ग छाएको छ ।’

छ वटा स्थानीय तहको ४५ वटा वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसंख्या छ । २०६८ साल पछिको दश वर्षमा म्याग्दीको जनसंख्या करिब सात हजार जनाले घटेको हो ।  गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत, इन्टरनेट सुविधा पुगेपनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिसहरू सहर तथा विदेशिने क्रम बढेको छ । आर्थिक वर्ष २०८१–०८२ मा म्याग्दीका स्थानीय तहहरूमा ८९ परिवार बसाइँसराई गरेर आउँदा दुई सय ४७ परिवारले थातथलो छोडेर अन्यत्र गएका छन् ।

अन्य समय विद्यालय उमेरका बालबालिका र ज्येष्ठ नागरिकहरू बढी भेटिने ग्रामीण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसहरूको चहलपहल बढेको छ । धवलागिरी गाउँपालिका–७ ताकमका सुनेश केसी पाँच वर्षपछि दशैँ मनाउन कोरियाबाट जन्मथलो आएका हुन् ।

‘चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झिएर न्यास्रो लाग्थ्यो,’ उनले भने, ‘उकालीओराली गरेका भूगोल, सँगै पढेका साथीभाइ, आफन्तजन र छिमेकीहरूसँगको आत्मियता कहिल्यै भुल्न नसकिने रहेछ ।’

सहरबजार र विदेशको चाडपर्व घर र परिवारमा सीमित हुन्छ । गाउँघरको चाडपर्वमा मौलिकता र संस्कृति लुकेको हुुन्छ । आफन्त साथीभाइ र इन्टमित्रहरुको भेटघाटले विगतको स्मरण गराई नयाँ योजना बनाउन सघाउने बेनी नगरपालिका–५ का दिनेश बानियाँले बताए ।

दशैँको नवदुर्गाका गरिने पुजा, कोतमा लाग्ने मेला, पिङ खेल्न पाउनु गाउँघरको दशैँको विषेश महत्व हुने दशैँ मनाउनका लागि बेनीबाट दशैँ मनाउन जन्मथलो रघुगङ्गा– ४ दग्नामस्थित घरमा गएकी सोनालिका गर्बुजाले बताइन् ।

‘बच्चा हुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्गे पिङ हालेका छौँ,’ पोखराबाट दशैँ मनाउन धवलागिरी गाउँपालिका–७ हिलापोखरीस्थित जन्मथलोमा आएका खुम पुनले भने, –बाँसको लिङ्गो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचच… हुइइइइ गर्दै मच्चिनुको मज्जै बेग्लै हुन्छ ।’

गाउँको बाटोघाटो र सार्वजनिकस्थल श्रमदान गरेर सरसफाई गरेका छन् । प्रायःजसो गाउँका कोतघरहरुमा महानवमीको दिनमा मेला लाग्ने गर्छ । बाइसेचौबीसे राज्यका पालाका ज्यामरुक, भगवति, ताकम, बेनी, घतान लगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ । (रासस)

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ६ : ४८ बजे

चाडपर्वमा महिलालाई घरायसी कामको बोझ

टीकापुर– दशैँको समयमा घरबाहिर रहेका वा रोजगारीमा रहेका घर फर्किएका

प्रत्येक वर्ष बन्छन् दशैँ गीत, तर मुखमा झुण्डिन्छन् पुरानै !

काठमाडौं – विशेषतः रोजगारी बाहिर रहेकालाई घर फर्काउने चाड हो-

पूर्व गोरखा सैनिक राईको लोभलाग्दो बाख्रापालन व्यवसाय

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२, सिरदलीका सूर्यप्रसाद राई ३० वर्ष ब्रिटिस

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाअष्टमी – शक्ति, आशीर्वाद र उत्सवको पर्व

काठमाडौं – दशैँको आठौँ दिन जसलाई अष्टमी वा महाअष्टमी भनिन्छ।