‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु « Khabarhub

‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

झापा– ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गरेका थिए । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उनी घाइते भएका थिए ।

घाइते परियारलाई उपचारका लागि तत्काल विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज ल्याइए पनि उनको अत्यधिक रक्तश्रावका कारण गएराति मृत्यु भएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिइन् ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  १० : १९ बजे

आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द

लमजुङ– लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक आजदेखि तीन

राष्ट्रिय झण्डा प्रयोग गर्दा संयम हुन कांग्रेसको निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा राष्ट्रिय झण्डाको प्रयोग

आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई

काठमाडौं- ८ : विराजभक्त र सुमनको टक्कर, कसले बाजी मार्ला

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंमा चुनावी सरगर्मी