वेस्ट इन्डिजविरुद्ध तेस्रो खेलमा पनि नेपाल पहिले ब्याटिङ गर्दै, टोलीमा तीन परिवर्तन « Khabarhub

वेस्ट इन्डिजविरुद्ध तेस्रो खेलमा पनि नेपाल पहिले ब्याटिङ गर्दै, टोलीमा तीन परिवर्तन


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले र वेस्ट इन्डिजबीचको युनिटी कप टी २० सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल खेलिरहेको छ । संयुक्त अरब इमिरेट्स यूएईको शारजाहमा जारी खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ । वेस्ट इन्डिजका कप्तान अकिल होसेनले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।

आजको खेलमा नेपाली टोलीमा तीन परिवर्तन भएका छन् । दोस्रो खेल खेलेका दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र ललित राजवंशीलाई आज बेन्चमा राखिएको छ । उनीहरुको स्थानमा लोकेश बम, शाहव आलम र आरिफ शेख टोलीमा परेका छन् ।

नेपाली टोलीमा रोहित कुमार पौडेल कप्तान, लोकेश बम, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, करण केसी, आदिल आलम, शाहव आलम, गुलशन झा र सोमपाल कामी परेका छन् ।

नेपालले एक खेल अगावै सिरिजको उपाधि जितिसकेको छ । दोस्रो खेलमा नेपाल ९० रन र पहिलो खेलमा पनि १९ रनले विजयी भएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ८ : ३० बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्