वेस्ट इन्डिजविरुद्ध तेस्रो खेलमा पनि नेपाल पहिले ब्याटिङ गर्दै, टोलीमा तीन परिवर्तन « Khabarhub

वेस्ट इन्डिजविरुद्ध तेस्रो खेलमा पनि नेपाल पहिले ब्याटिङ गर्दै, टोलीमा तीन परिवर्तन


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले र वेस्ट इन्डिजबीचको युनिटी कप टी २० सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल खेलिरहेको छ । संयुक्त अरब इमिरेट्स यूएईको शारजाहमा जारी खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ । वेस्ट इन्डिजका कप्तान अकिल होसेनले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।

आजको खेलमा नेपाली टोलीमा तीन परिवर्तन भएका छन् । दोस्रो खेल खेलेका दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र ललित राजवंशीलाई आज बेन्चमा राखिएको छ । उनीहरुको स्थानमा लोकेश बम, शाहव आलम र आरिफ शेख टोलीमा परेका छन् ।

नेपाली टोलीमा रोहित कुमार पौडेल कप्तान, लोकेश बम, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, करण केसी, आदिल आलम, शाहव आलम, गुलशन झा र सोमपाल कामी परेका छन् ।

नेपालले एक खेल अगावै सिरिजको उपाधि जितिसकेको छ । दोस्रो खेलमा नेपाल ९० रन र पहिलो खेलमा पनि १९ रनले विजयी भएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ८ : ३० बजे

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौं– प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर

अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, होर्मुज बन्द गर्ने चेतावनी

तेहरान- मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी