मनाइयो महाअष्टमी « Khabarhub

मनाइयो महाअष्टमी


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बडादशैंको नवौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक पूजाआराधना गरी आज देशभर महाअष्टमी पर्व मनाइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमीमा नेपालीले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा मनाउने प्रचलन छ । सामान्यतया यो पर्व बडादसैँको आठौँ दिन पर्ने गरे पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले आज नवौँ दिन परेको हो ।

यस अवसरमा शास्त्रसम्मत रूपमा दशैंघर, कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको विशेष पूजा गरिएको छ । दुर्गा भवानीको विशेष पूजा आराधनासहित दुर्गा, सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठसमेत गरिएको छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवीमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले समेत मोक्ष प्राप्त गर्ने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन् । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाउन पनि यस्तो गर्ने गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।

आजका दिन उपत्यकाभित्र गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरमा पनि बलीसहित पूजाआजा गर्नेहरूको बिहानैदेखि भीड लागेको थियो ।

यसैगरी उपत्यका बाहिर गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठमा पनि बलीसहित पूजाआराधना गर्न श्रद्धालुको घुँइचो लागेको जनाइएको छ ।

आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी बलीसहित पूजाआजा गरिन्छ । यस अवसरमा देवीका शस्त्रअस्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबली नचढाउनेहरूले भने पूजाकोठामा आआफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजाआजा गरेका छन् ।

कालरात्री पूजा गरिँदै

आजकै दिन राति कालरात्रीका रूपमा पशुबलीको विधि र पूजाआराधनासहित मनाउने गरिन्छ । कालरात्रीको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ ।  

महाअष्टमीका दिन आज राती हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्री पूजा गर्ने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए । महानवमीका अवसरमा बुधबार बिहान पनि ५४ बोका र ५४ राँगाको बलिसहित पूजा गरिने उनले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ९ : १३ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय