वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा नेपाल १० विकेटले पराजित « Khabarhub

वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा नेपाल १० विकेटले पराजित


१४ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम खेलमा नेपाल १० विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय २३ रनको लक्ष्य वेस्ट इन्डिजले १२ ओभर २ बलमा कुनै विकेट नगुमाइ भेट्टायो ।

वेस्ट इन्डिजका लागि आमिर जाङ्गुले सर्वाधिक ७४ रन बनाए । ४५ बलको सामना गरेका उनले ५ चौका र ६ छक्का प्रहार गरे । वेस्ट इन्डिजका अर्का ओपनर अकिम अगिस्टले २९ बलमा ४१ रन जोडे ।

यसअघि यूएईको शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले इनिङ्ग्स सकिनु एक बल अगावै सबै विकेट गुमाएर १ सय २२ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ३९ रन बनाउनुबाहेक अन्यले प्रभावशाली प्रदर्शन गर्न सकेनन् । भुर्तेलले २९ बलमा दुई चौका र तीन छक्का प्रहार गरे ।

नेपालले एक खेल अगावै सिरिजको उपाधि जितिसकेको छ । दोस्रो खेलमा नेपाल ९० रन र पहिलो खेलमा पनि १९ रनले विजयी भएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ११ : २१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको