काठमाडौंबाट धनगढी जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते « Khabarhub

काठमाडौंबाट धनगढी जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका- १ बनकसबासमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट धनगढी जाँदै गरेको बा.प्र.०१-००६ ख ८५०६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटमा पाँच जना घाइते भएका छन्।

पैदल यात्रुलाई ठक्कर दिएपछि अनियन्त्रित भएको बस सडकमा पल्टिएको हो । दुर्घटनामा पैदल यात्रुको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको बताएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ७ : ५९ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार