पर्यटन प्रवर्द्धनका लागि तलाउ निर्माण गरिँदै « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि तलाउ निर्माण गरिँदै


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाको भीरकोट नगरपालिका–४ सिसौघारीमा मन्दिरसहितको तलाउ निर्माण थालिएको छ । मन्दिरसहितको तलाउलाई धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै आम्दानीको स्रोतको रुपमा विकास गर्ने उद्देश्यले पालिकाले निर्माण थालेको हो ।

सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग कास्कीको एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत तलाउ, मन्दिरसहित पक्की सडक निर्माण गरिने भएको विभागका इञ्जिनियर अच्युत पौडेलले जानकारी दिए ।

‘आयआर्जनको स्रोतको रुपमा बीचमा मन्दिरसहितको तलाउ निर्माण भइरहेको छ’, उनले भने, ‘त्यहाँसम्म पुग्न पक्की पहुँच मार्ग निर्माण गरिने छ । सबै काम पूरा गर्न १२ करोड ८० लाख विनियोजन गरिएको छ ।’

आगामी फागुन सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । तलाउमा निर्माण गरिएको मन्दिरमा शिवपार्वती र गणेशको मूर्ति प्रतिस्थापन गरिने छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ८ : ४३ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र