काटेर सुकाएकै ठाउँमा भिज्यो धान « Khabarhub

काटेर सुकाएकै ठाउँमा भिज्यो धान


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

दोलखा– यति बेला जिल्लाका अधिकांश बेँसी खेतमा पहेँलै धान पाकेर झुलिसकेको छ । गत असारमा लगाएको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नपाएपछि जिल्लाभरका किसान चिन्तित देखिएका छन् ।

जेठ अन्तिम साता देखिनै रोपाइँ हुने दोलखाका बेँसीहरूमा यति बेला विभिन्न रैथाने तथा गैररैथाने जातको धान पाकिसकेको छ ।

कतिपय किसानले उन्नत जातको हाइवेर्ड धान काटेर भित्र्याएका छन् भने,धेरैजसो किसान तिहार लगत्तै धान काट्ने तयारीमा थिए ।

तर गत सोमबारदेखि मौसममा आएको परिवर्तनले जिल्लाका किसानले धान काट्न सकिरहेका छैनन् । जिल्लामा यस वर्ष दुई हजार नौ सय १४ हेक्टर क्षेत्रमा धान रोपाइ भएकोमा हालसम्म करिब ३० प्रतिशत खेतमा मात्रै धान काटेर सकिएको पाइएको छ ।

 किसानले दुई दिन अघि काटेको धानसमेत वर्षाद र  धुम्म मौसमको कारण भित्र्याउन पाएका छैनन् । मंगलबार बिहानदेखि परेको सामान्य वर्षाले धान भिजाएपछि किसानले खेतका आलिमै धानको निहिन छाडेका हुन् ।

जिल्लाको वैतेश्वर-३ मजुवा बेँसीका दर्जनौँ किसानले अहिले काटेको धानलाई वर्षाबाट जोगाउन एकैठाउँमा थुपारेर पालले छोपेर राखेका छन् ।

त्यसैगरी खेतमा पाकेर पहेँलपुर भएको धानबालीलाई आकाशमा बादल लाग्ने र पानी पर्ने क्रम चलिरहेकाले कतिबेला काट्ने भन्ने चिन्ताले अहिले वैतेश्वर-६ का कुमार तामाङलाई पनि सताइरहेको छ ।

यहाँको वैंती बेँसीमा विगत २ दिनदेखि काटेको धान खेतका आलिमै रोकिएर बसेको देखिन्छ ।

मौसमविद्ले तत्काल धान काट्न तथा नकुट्न किसानहरूलाई दिएको मौसम जानकारी अनुसार आफूहरू अन्योलमा परेर काटेको धान पनि भित्र्याउन नसकेको स्थानीय रामबहादुर राउतले बताए । 

तामाकोशी-१ भिरकोट तल्लो बेँसीमा पनि पानी परेरे धान भिजेको स्थानीय लक्ष्मन केसीले बताए । दर्जनौँ किसानले धान काटेर सुकाइरहेको निहिनमै पानी परेपछि धान भिजेको हो । जिल्लाका ९ वटै स्थानीय तहका तल्लो क्षेत्रमा धान खेती हुने गरेको छ ।

मुख्यगरि भिमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका, तामाकोशी, कालिञ्चाेक र वैतेश्वर गाउँपालिकामा धेरै धान खेती हुने गरेको छ । भने गौरीशंकर, शैलुङ गौरीशंकर लगायतका क्षेत्रमा पनि धान खेती हुँदै आएको छ ।

समग्रमा गत वर्ष जिल्लाभर य ७ हजार ९ सय ४९ मेट्रिक टन धान उत्पादन भएको थियो । सुवाश बस्नेत /दोलखा

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ११ : ३० बजे

सरकारले सुरक्षा दिए चुनावमा जान तयार छौँ, एमाले पनि तयार छ : सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरू निर्वाचनमा

कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौं – नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई थप १५ वर्षको जेल सजाय

एजेन्सी – मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्न आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक

तीन नेतालाई प्रधानमन्त्री कार्कीको आग्रह : जसरी भएपनि निर्वाचन सफल पारौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई