बुसानमा ट्रम्प-सी वार्ता : व्यापार तनाव, युक्रेन युद्ध र फेन्टानिलबारे महत्त्वपूर्ण सहमति, ताइवानबारे कुनै कुरा भएन « Khabarhub

बुसानमा ट्रम्प-सी वार्ता : व्यापार तनाव, युक्रेन युद्ध र फेन्टानिलबारे महत्त्वपूर्ण सहमति, ताइवानबारे कुनै कुरा भएन


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

बुसान, दक्षिण कोरिया- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार दक्षिण कोरियाको बुसान सहरमा महत्त्वपूर्ण भेटवार्ता भएको छ ।

यो भेटमा दुई देशबीचका सम्बन्ध सुधार र विश्वका प्रमुख मुद्दाबारे विस्तृत छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुवै नेताले युक्रेन संकट समाधानका लागि संयुक्त पहल गर्ने सहमति जनाएका छन्। ट्रम्पले सञ्चारकर्मीहरूसँग भने, ‘युक्रेनबारे लामो र गम्भीर छलफल भयो। हामी दुवै मिलेर केही ठोस नतिजा निकाल्ने प्रयास गर्नेछौं।’

उनले ताइवानबारे भने कुनै चर्चा नभएको बताए । बैठकमा व्यापार र शुल्क सम्बन्धी विषय प्रमुख एजेन्डा बनेको थियो।

ट्रम्पका अनुसार दुई देशबीचको व्यापार सम्झौतामा उल्लेखनीय प्रगति भएको छ, केही अवरोध हटाइएका छन्। ‘हामीले लगभग सबै विषयमा सहमति गरेका छौँ। चीनमाथिको हालको शुल्क दर ५७ प्रतिशतबाट घटाएर ४७ प्रतिशत गरिएको छ,’ ट्रम्पले बताए।

दुवै नेताबीच अमेरिकी प्रविधि कम्पनी एनभिडियाका चिप्स, चीनको दुर्लभ खनिज आपूर्ति र फेन्टानिल रोकथामबारे पनि छलफल भएको थियो।

ट्रम्पका अनुसार, चीनले फेन्टानिलको अवैध प्रवाह रोक्न ठोस कदम चाल्ने प्रतिबद्धता जनाएको छ। यससँगै अमेरिकाले फेन्टानिलसम्बन्धी शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा ल्याएको छ।

भेटपछि ट्रम्पले सीसँगको वार्तालाई ‘अद्भुत र उपयोगी’ रहेको भन्दै थपे, ‘हामीले धेरै महत्वपूर्ण निर्णयमा निष्कर्ष निकालेका छौं, जसले दुवै देशबीचको सम्बन्ध नयाँ दिशातर्फ लैजानेछ।’

ट्रम्पले आगामी अप्रिलमा चीन भ्रमण गर्ने बताएका छन् । राष्ट्रपति सी पनि त्यसपछि अमेरिकाको भ्रमण गर्ने योजना रहेको बताइएको छ।

यसबीच, बेइजिङस्थित थिङ्क ट्यांक ‘सेन्टर फर चाइना एन्ड ग्लोबलाइजेशन’ का संस्थापक वाङ हुइयाओले अमेरिकालाई ‘शीतयुद्ध मानसिकता’ त्यागेर चीनसँग सहकार्यमा अघि बढ्न सुझाव दिएका छन्। उनले भने, ‘व्यापार र शुल्क युद्धले कसैको फाइदा गर्दैन, अब बराबरी र निष्पक्ष सम्बन्धतर्फ फर्किनु आवश्यक छ।’

ट्रम्पले भने–ताइवानबारे कुरा भएन

एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘युक्रेनबारे लामो छलफल भयो। हामी दुवै मिलेर केही ठोस काम गर्न सकिन्छ कि भनेर प्रयास गर्नेछौं,’ ट्रम्पले भने। तर उनले थपे, ‘ताइवानबारे कुरा नै भएन।’

ट्रम्पले अमेरिकी आणविक हतियार परीक्षण पुनः सुरू गर्ने आफ्नो भनाइ दोहोर्‍याए। ‘सबैजना अहिले परीक्षण गरिरहेजस्तो लाग्छ। हाम्रै देशसँग सबैभन्दा धेरै आणविक हतियार छन्, तर हामीले वर्षौंअगाडि परीक्षण रोक्यौं,’ उनले भने।

अप्रिलमा चीन जान्छु

अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी अप्रिलमा चीन भ्रमण गर्ने बताएका छन्, तर उनले थप विवरण दिएका छैनन्।

चिनियाँ राष्ट्रपति सी पनि त्यसपछि अमेरिकाको भ्रमण गर्नेछन्। ट्रम्पले व्यापार सम्झौतामा प्रगति भएको संकेत पनि दिएका छन्।

‘हामी छिट्टै सम्झौतामा पुग्नेछौं भन्ने लाग्छ, ठूला बाधा धेरै छैनन्,’ उनले भने। उनले थपे, ‘हामीसँग सम्झौता छ, र हरेक वर्ष त्यसलाई पुनःसम्झौता गर्नेछौं।’

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १२ : ४० बजे

प्रिमियर लिग : बर्नलीलाई हराउँदै चेल्सी तालिकाको दोस्रो स्थानमा

काठमाडौं – प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा बर्नलीलाई

एकै दिन १८ वटा विपदका घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी

आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज ब्रेक : सोमबार दुई खेल हुँदै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार