कात्तिक शुक्ल नवमी : कुष्माण्डा नवमी पर्व मनाइँदै « Khabarhub

कात्तिक शुक्ल नवमी : कुष्माण्डा नवमी पर्व मनाइँदै


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रत्येक वर्ष कात्तिक शुक्ल पक्ष नवमी तिथिका दिन मनाइने कुष्माण्डा नवमी पर्व आज अमला र पिपलको पूजा गरी मनाइँदै छ ।

कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्छन्। यो दिन अमला अथवा पिपलको विवाह गरिदियो भने पुण्य प्राप्त भएर जन्मान्तरसम्म पनि नाश हुँदैन भन्ने विश्वास रहिआएको छ ।

यो दिन अमलाको बोटबाट अमृत प्राप्त हुने भएकाले प्रत्येक व्यक्तिले अमलाको पूजा गर्नु उत्तम मानिन्छ । अमलाको पूजा गर्दा पूर्वाभिमुख भएर जल, चन्दन, अक्षता, फूललगायत सामग्रीले पूजाअर्चना गर्नुपर्छ । पूजा गरिसकेपछि पहेँलो धागोले अमलाको रूखको परिक्रमा गराइन्छ । 

आयुर्वेदिक औषधीका रूपमा उपयोग गरिने अमला अमृत मानिन्छ । त्रिफला चूर्ण बनाउँदा आवश्यक पर्ने तीन जडिबुटीमध्ये अमला एक हो । हर्रो, बर्रो र अमला मिलाएर बनाइने त्रिफला चूर्ण धेरै रोगको उपचारमा प्रयोग गरिने आयुर्वेदिक चिकित्सक डा. वंशदीप शर्मा खरेलले बताए।

पद्मपुराण अनुसार कात्तिक शुक्ल नवमीको दिन द्वापर युगको आरम्भ भएको थियो । यसै दिन भगवान् विष्णुले कुष्माण्ड नाम गरेको दैत्यको वध गर्नुभएको हुनाले यो दिनलाई कुष्माण्ड नवमी भनिएको खरेलले बताए। कुष्माण्ड दैत्यको शरीरबाट कुभिन्डो उत्पन्न भएकाले यो दिन कुभिन्डो दान गर्नाले अनन्त कोटि फल प्राप्त हुन्छ । 

आजको दिन कुभिन्डो, सुन, चाँदी, पहेँलो कपडा, तामाको भाँडामा तिल राखेर दान गर्ने व्यक्तिले आफूले चिताएको फल प्राप्त गर्ने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताए। कुष्माण्डा नवमीका अवसरमा आज मकवानपुरमा रहेको कुष्माण्डा सरोवरमा मेला लाग्ने गर्दछ ।
 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १२ : ३६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००