भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन « Khabarhub

भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार भैरहवामा भाषण गर्दागर्दै अचानक ढलेर निधन भएको छ।

रुपन्देहीको भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको शाखा कार्यालयअगाडि आयोजित उद्योगका मजदुरहरूसहितको धर्ना कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला ढलेका ६५ वर्षीय गौतमको निधन भएको हो।

भाषण गर्दा गर्दै ढलेका गौतमलाई सभास्थलबाट मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो । तर उक्त अस्पतालका चिकित्सकहरूले गौतमलाई मृत घोषित गरे।

श्रीमती र दुई छोराका पिता उनी रुपन्देहीकै बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी हुन् । वि.सं. २०५४ सालदेखि जिफन्ट लागेका उनी एमालेको राजनीतिमा पनि सक्रिय थिए ।

जिफन्टले उद्योगहरूमा गरिएको विद्युत कटौतीको विषयलाई लिएर बिहीबार भैरहवामा धर्ना कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  १ : ४४ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी